Headlines News :
Home » » यातायात व्यवस्थाकार्यालय राप्तीले मोटसाईकलको लागि लाईसेन्सको लिखित परिक्षाको मिति र स्थान तोक्यो

यातायात व्यवस्थाकार्यालय राप्तीले मोटसाईकलको लागि लाईसेन्सको लिखित परिक्षाको मिति र स्थान तोक्यो

Written By Unknown on Thursday, July 14, 2016 | 10:12 PM


असार ३१, दाङ  । यातायात व्यवस्थाकार्यालय राप्तीले मोटरसाइकल चालक अनुमति पत्रका लागि आउँदो शनिवार लिखित परिक्षा गर्ने तयारी गरेको छ ।


तुलसीपुरको गोर्खा वोडिङ स्कुलमा विहान ८ वजेदेखि अपरान्ह ३ वजे सम्मका लागि परिक्षाको समय निर्धारण गरिएको यातायात व्यवस्था कार्यालय राप्तीका प्रमुख अच्युत दाहालले जानकारी दिए ।

आवेदन दर्ता प्रक्रियालाई इन्टरनेट सिस्टममा लगिएपछि विभागको वेब साईड ढिला भएकाले आवेदन इन्टरनेटमा दर्ता गर्दा केही ढिलाई हुन गएको प्रमुख दाहालले बताए । मोटरसाईकल र स्कुटीको लिखित परिक्षागर्न ढिला हुनुको मुख्य कारण आधुनिक प्रविधिको अनुसरण गर्न खोज्नुले भएको उनले बताए ।

लिखित परिक्षामा आवेदन दिएकाहरुलाई निर्धारित समयमा तोकिएको स्थानमा परिक्षा दिन कार्यालय प्रमुख दाहलले सवै सहभागिलाई आनुरोध गरेका छन । ०७२ माघ पछि हाल ०७३ वैशाखमा सवारी चालक अनुमति पत्रको आवेदन आह्वान गरिएको हो ।

यातायात व्यवस्था कार्यालय राप्तीमा पछिल्लो समय मोटरसाइकल र स्कुटीका लागि ६ हजार ३ सयले आवेदन दिएको यातायात व्यवस्था कार्यालय राप्तीका प्रमुख अच्युत दाहालले वताए । यातायात व्यवस्था कार्यालय राप्तीले जिप कार वस ट्रक लगाएत हेभि साधनको परिक्षा र ट्रायल सबै यसअघि नै पुरा भइसकेको छ ।

पहिलो चरणमा ठूला सवारी साधान चालकका लागि परिक्रिया पुरा गर्न लाग्दा मोटरसाइकल चालकको परिक्षा गराउन ढिलाई भएको कार्यालयले जनाएको छ । साउन एक गते लिखित परिक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था कार्यालयले लिखित परिक्षाको नतिजा प्रकाशन पछि ट्रायल चेकको व्यवस्था गरिने प्रमुख दाहालले बताए । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger