Headlines News :
Home » » कुवेतले तोक्यो घरेलु कामदारको तलब, वर्षमा ३० दिन छुट्टी अनिवार्य

कुवेतले तोक्यो घरेलु कामदारको तलब, वर्षमा ३० दिन छुट्टी अनिवार्य

Written By Unknown on Friday, July 15, 2016 | 2:26 AM


असार ३१, काठमाडौं । कुवेतले पहिलोपटक आफ्नो मुलुकमा कार्यरत घरेलु कामदारहरुको न्यनुतम तलव निर्धारण गरेको छ । घरभित्र काम गर्ने कामदारका लागि भन्दै न्युनतम ६० दिनार अर्थात १ सय ९८ डलर न्युनतम पारिश्रमिक तोकेको हो ।


कुवेत सरकारले सार्बजनिक सूचना जारी गरेर रोजगारदाताहरुलाई सरकारले आफ्ना घरमा कार्यरत कामदारको न्युनतम पारिश्रमिक कार्यान्वयनका लागि निर्देशन दिएको छ । अब नेपालबाट कुवेत पुगेका कामदारहरुलाई पनि यसले फाइदा हुनेछ

यो व्यवस्थाका लागि कुवेतको संसदले सन् २०१५ मा नै सरकारलाई अनुमति प्रदान गरेको थियो । न्युनतम पारिश्रमिक तोकिएपछि न्युन तलवमा काम गरिरहेका विदेशी घरेलु कामदारहरु पनि लाभान्वित हुनेछन् ।

अब नेपालबाट कुवेत पुगेका कामदारहरुलाई पनि यसले फाइदा हुनेछ । सरकारले वर्षमा ३० दिन छुट्टी दिनैपर्ने र दिनमा १२ घण्टा भन्दा बढी कामममा लगाउन नपाइने नयाँ कानुनी व्यवस्था पनि गरेको छ ।

वर्षमा अनिवार्य ३० दिनको छुट्टी दिनुपर्ने व्यवस्थाले घरेलु कामदारलाई कामबाहेक मनोरञ्जनमा पनि समय मिल्नेछ । घरेलु कामदारका रुपमा धेरैजसो महिलाहरु कार्यरत छन् ।

घरमा खाना पकाउने, बालबालिका, वृद्धवृद्धा, अशक्तहरुको हेरचाह गर्ने, घरको सरसफाइ गर्ने, बगैँचामा मालीका रुपमा काम गर्ने, मालिकको गाडी चलाउने लगायतका काममा घरेलु कामदारको प्रयोग बढी हुन्छ ।

कुवेतमा झण्डै ३७ लाख मानिसको बसोबास छ । यसमध्ये ६ लाख ६० हजार विदेशी कामदारहरु छन् । कुवेतमा दक्षिण एसियासहित, अफ्रीका र खाडी राष्ट्रका कामदारहरुको संख्या धेरै छ ।

कुवेत सरकारले गरेको नयाँ व्यवस्थाको मानवअधिकारवादी संस्थाहरुले स्वागत गरेका छन् । तर, कामदारले आफ्नो देशमा कति तलव पाउँथे भन्नु भन्दा कुवेतमा काम गरेपछि त्यहाँका स्थानीय कामदार अनुरुप नै विदेशी कामदारलाई सुविधा प्रदान गर्नुपर्ने उनीहरुको माग छ ।

उनीहरुले अझै पनि रोजगारदाताले कामदारको पासपोर्ट खोसेर राख्ने क्रम नरोकिएको भन्दै चिन्ता जनाएका छन् । -अनलाइन खबरबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger