|
|
काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको ना ५ ख ६२७४ नम्बरको बस राजमार्गमा रोकिराखेको लु १ ख ६७५१ नम्बरको ट्रकमा ठक्कर खाँदा गुल्मी ख-याङ–९ का २८ वर्षीय भेषबहादुर बुचाको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनमा परी घाईत भएका ८ जनाको भरपुर र अन्य १३ जनाको डण्डामा उपचार भईरहेको छ । दुर्घटनामा परी गम्भिर घाईते हुनेहरुमा प्युठान टोरवाङ बस्ने बर्ष ३३ को देवेन्द्र बहादुर खत्री क्षेत्री , प्युठान धर्मवती बस्ने बर्ष ३१ का कमल पाण्ड ,प्यूठान टोरवाङ ६ बस्ने बर्ष २४ का अर्जुन भट्टराई, अर्घखाची बस्ने बर्ष ५५ का बिष्णु पौडेल, प्युठान टोरवाङ बस्ने बर्ष २० का बिशाल बि.क. र नाम थर वतन नखुलेको एक पुरुष ब्यक्ती रहेका छन ।
गम्भिर घाईते हुने सबैको नया मेडिकल कलेज भरपुरमा उपचार भईरहेको छ । यस्तै मध्यम अवस्थाका प्युठान नेता ९ बस्ने बर्ष ३६ को झपिन्द्र थापा र गुल्मी छफिरे ३ बस्ने बर्ष २६ कि ईश्वरी काप्री को पनि नया मेडिकल भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध सडक दुई घन्टापछि सुचारु भएको थियो । रासस
Post a Comment