Headlines News :
Home » » तुलसीपुरका डिएसपी प्रसाईको विषयमा दाङका प्रहरी प्रमुखले मुख खोले !

तुलसीपुरका डिएसपी प्रसाईको विषयमा दाङका प्रहरी प्रमुखले मुख खोले !

Written By Unknown on Monday, July 11, 2016 | 10:57 PM


निशान दाजु भट्टराई/असार २८, दाङ । दाङ प्रवेशसँगै आर्थिक अनुशासनको मुद्दालाई जोडेतोडका साथ उठाइरहेका दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले आर्थिक मुद्दामा विवादित बनेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईको विषयमा मुख खोल्नुभएको छ ।



जिल्लाका सञ्चारमाध्यममा डिएसपी प्रमुखले आर्थिक चलखेलमा मुद्दा मिलाउने गरेको खबर सार्वजनिक भएको  एक सातापछि आएर घटनाको विषयमा प्रहरी प्रमुखले मुख खोल्नुभएको हो ।

जिल्लाका सञ्चारमाध्यममा आएका समाचारले आफूलाई अत्यन्तै गम्भीर बनाएको भन्दै प्रहरी प्रमुख सिंहले डिएसपी प्रसाईमाथि अनुसन्धान सुरु भएको बताउनुभयो । ‘दाङबाट प्रकाशन हुने अनलाइन पत्रिकाहरुमा छापिएको समाचार मैले पढेँ । समाचार पढेसँगै डिएसपी प्रसाईमाथि अनुसन्धान सुरु गरिएको छ’, प्रहरी प्रमुख सिंहले भन्नुभयो, ‘उहाँको बिरुद्धमा भएका प्रमाणहरु उपलब्ध गराउन अनुरोध गर्दछु । अनुसन्धान जारी रहेकाले अनुसन्धानलाई सघाउन पनि म अनुरोध गर्दछु ।’

प्रहरीले जनताको बिश्वास गुमाउने अवस्था आएमा नेपाल प्रहरीको अस्तित्व नै समाप्त हुने भन्दै जिल्ला प्रहरी प्रमुख सिंहले अनुसन्धानका क्रममा डिएसपी दोषी देखिएमा कडाभन्दा कडा कारबाही हुने बताउनुभयो ।

यसपूर्व डिएसपी प्रसाईले रकमी चलखेलमा जुवा संरक्षण गर्ने काम गरेको समाचार प्रकाशित भएको थियो । तुलसीपुरका विभिन्न स्थानमा मौलाउँदै गएको जुवालाई संरक्षण गर्दै प्रहरीले हप्ता उठाउँदै आएको भन्दै समाचारमा गत सालको साउन तुलसीपुरको एक जुवा अड्डामा छापा हानी मासिक रुपमा १ लाख ५० हजार रुपैयाँ बुझाउनेगरी मुद्दा नै नचलाई जुवाडेलाई छोडेको कुरा सार्वजनिक भएको थियो । दाङखबर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger