Headlines News :
Home » » रोल्पाका अधिकांश ग्रामिण सडक अबरुद्ध

रोल्पाका अधिकांश ग्रामिण सडक अबरुद्ध

Written By Unknown on Monday, July 11, 2016 | 10:42 PM


माधवकुमार ओली/असार २८, रोल्पा । बर्षायाम सुरु भएसँगै रोल्पाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।



जिल्लाका आन्तरिक सडकहरुमा पहिरो खसेपछि अवरुद्ध भएका हुन् । जिल्लाका आन्तरिक सडकहरु अवरुद्ध हुन थालेपछि यात्रुहरु मर्कामा परेका छन् । जिल्लाको सदरमुकाम लिबाङबाट जँुगार, थबाङ, मिरुल, सुर्पाल लगायतका स्थानमा नियमित जीप सेवा बन्द भएको जलजला यायात व्यवसायी समिति रोल्पाले जनाएको छ ।

अन्य सडक खण्ड पनि पहिरोका कारण विग्रिएपछि नियमित चल्न नसकेका जलजला यायात व्यवसायी समितिका प्रशासनिक इन्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिए । कतिपय नयाँबाटो खन्दै गरेका ठाउँमा बाटो विग्रिने भन्दै ठेकेदारहरुले जीप चल्न नदिएपछि अबरुद्ध गर्नुपरेको यातायात व्यवसायीहरुको गुनासो छ ।

जिल्लाका ग्रामिण सडकहरु वर्षायाममा अवरुद्ध हुदा स्थानीयहरुले सास्ती खेप्नु परेको छ । जिल्लाका ग्रामिण सडक खण्डलाई बाह्रै महिना गाडी चल्न नसक्दा स्थानीयलाई वर्षेनी बर्षायाममा सास्ती हुने गरेको छ ।

ग्रामीण सडक निर्माणका लागि जिविस तथा गाविसले वर्षेनी लाखौं बजेट छुट्याइएको भए तापनि वर्षा याममा पहिरोले हिड्डुल गर्न समेत कठिन हुने गरेका छन् । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger