Headlines News :
Home » » रोल्पामा पहिरोले घर बगाउदा १ जनाको मृत्यु, १ घाइते

रोल्पामा पहिरोले घर बगाउदा १ जनाको मृत्यु, १ घाइते

Written By Unknown on Tuesday, July 26, 2016 | 6:26 AM


माधवकुमार ओली/साउन ११, रोल्पा । पहिरोले घर पुर्दा रोल्पाको गुम्चालमा एक बालिकाको ज्यान गएको छ ।

गुम्चाल–३ निवासी बेगम बिकको घर पहिरोले पुर्दा विककी २ वर्षीया छोरी सुनिता विकको ज्यान गएको छ । त्यस्तै सोही ठाउँका देविराम रोका र दानबहादुर रोकाको घर पनि पहिरोले बगाएको छ ।



घर बगाएपछि घरमा रहेका धनमाल तथा ४ वटा गाई, २ वटाबाख्रा पुरिएका छन् । पहिरोले घर बगाएपछि दानबहादुरकी श्रीमति पुष्पा रोका घाइते भएकी छन् उनलाई उपचारका लागि सुलिचौर लगिएको त्यहाँबाट नविना रोकाले जानकारी दिए ।

पहिरोले मिझिङ–गाम जोड्ने बाटो समेत अबरुद्ध भएको छ । लुङ्ग्री खोलामा २५ वर्ष यताकै सबै भन्दा ठूलो बाढी आएको छ । बाढीले मिझिङ ७ छिर्ने स्थित प्रस्तावित खेल मैदान लगायत त्यस आसपासका सबै जमिन कटान गर्नुका साथै पूर्णबहादुर महराको खेत पूरेको छ ।गजुल–३ धौलिगाउँमा रहेको कमल थापाको घरसंगै गासिएको पाल्निमा पहिरो पस्दा एक बाख्रा पुरिएर मरेको छ ।

बर्षाले उवामा पहिरो जादा मानिसहरु हताहत भएका छन । उवाँ गाविसका वडा नं २, ३, ४ र ६ नंबर वडामा लगातार पहिरो जादा बस्ति जोखिममा परेपछि मानिसहरु घरबार छोडेर डाँडामा गएका छन । पहिरोले पाँङ ४ र ५ डाइबाङमा खानेपानीको पाइप बगाएको छ । रिजर्बर ट्याङ्कीमा समेत क्षति पु¥याएको त्यहाँबाट रेग बहादुर पुनले जनाएका छन् ।

सिर्प–५ सिमगिठामा घरमाथिबाट पहिरो खस्दा चन्द्र बहादुर घर्तिमगरको घरमा रहेको भान्सा कोठा पहिरोले पुरिएको छ । घरमाथि रहेको बारी नै पहिरो बनेर आएपछि भान्सा कोठामा क्षति पुगेको छ ।यस्तै जैमाकसला–७ हाम्जामा पहिरोले २ वटा घर बगाएको छ । देवि मन्दिर निमाविको नवनिर्मिीत भवनमा रुख ढलेर क्षति भएको छ । तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

+ comments + 1 comments

July 27, 2016 at 6:45 AM

uwaa ma pani pahiro le purera ekai pariwar kaa 4 jana ko jyan gako khabar aako chha...

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger