Headlines News :
Home » » प्यूठानमा बाढी र पहिरोबाट १३ जनाको मृत्यु, २४ बेपत्ता, २ सय ५० घरपरिवार विस्थापित

प्यूठानमा बाढी र पहिरोबाट १३ जनाको मृत्यु, २४ बेपत्ता, २ सय ५० घरपरिवार विस्थापित

Written By Unknown on Tuesday, July 26, 2016 | 9:29 AM


केशर रोका/साउन ११, प्यूठान । बाढी र पहिरोले प्यूठानको जनजीवन अस्तव्यस्त बनेको छ । सोमवार रातभरी नै परेको अविरल वर्षातले जिल्लाका विभिन्न गाविसमा गरी १३ जनाको ज्यान गएको छ । यो खबर तयार पार्दा सम्म २४ जना वेपत्ता भएका छन् । जिल्लाको अति दुर्गम गाविस पुँजामा २ जना र खवाङमा २ जनाको पहिरोले पुरिएर घटनास्थलमै ज्यान गएको छ ।



त्यस्तै सुतिरहेका समयमा सोमवार मध्यरातमा आएको पहिरोमा पुरिएर खबाङ–३ सुत्लाबाङमा अन्दाजी ६७ वर्षीय दविले विक र उनका १७ वर्षीय नाति दिपक विकको ज्यान गएको छ । रजवारा–३ मा ४५ वर्षीय सुपारी मल्ल र उनका १० वर्षीय छोरा मुकेश मल्लको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक रंजितसिँह राठौँरले जानकारी दिए ।

खेलकुद मैदान, बाग्दुला, खैरा र झिमरुक ड्याम साईड नजिक बेवारिसे शव फेला परेको राठौँरले बताए । ‘कुर्तासुरुवाल लगाएकी अन्दाजी १२ वर्षीय वालिकाको शव बाग्दुलामा भेटिएको छ’,उनले भने,‘कसैको पनि सनाखत हुन सकेको छैन् ।’ ड्याम साईडमा २ जना महिला र विजुवारमा अन्दाजी ९ वर्षीय वालक, खैराको झोलुंगे पुल नजिक अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको छ ।

त्यस्तै, खोलाले बगाउँदा माझकोट–९ की अन्दाजी ४० वर्षीय जाली पुनको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय कोडार खोलाले बगाउ“दा उनको ज्यान गएको प्रहरी नायव उपरिक्षक राठौँरले बताए । ढुंगेठाटी बजार आउने क्रममा उनलाई खोलाले बगाएको हो ।

फोप्ली–३ चारीवाङ पहिरो जा“दा एकै गाउँका १४ जना बेपत्ता भएका छन् । स्थानीय ४६ वर्षीय चेते पुन, उनकी श्रीमती खष्टी पुन, १८ वर्षीय छोरी रछानी पुन र उनकी पहिचान हुन नसकेकी आमा बेपत्ता भएको फोप्ली गाविस सचिव पुष्पराज थापाले जानकारी दिए । सोही ठाउँका रामबहादुर पुन, मनबहादुर पुन र पहिचान हुन नसकेका २ जना आफन्त पहिरोमा पुरिएकालाई बचाउन खोज्दा बेपत्ता भएको थापाले बताए ।

बेपत्ता भएकाहरुको पहिचान हुन नसकेको उनले जानकारी दिए । सदरमुकामबाट दुर्गममा पर्ने उक्त स्थानमा उद्दार गर्न समस्या भईरहेको प्रहरीले जनाएको छ । उद्दारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई खटाईएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

त्यस्तै, लुङ–६ बाहानेमा पहिरोमा पुरिएर स्थानीय शिव बहादुर सुनारको ज्यान गएको छ । मध्यरातमा घरमाथीबाट पहिरो आएपछि घुर पुरिँदा बाहानेकै तीन जना बेपत्ता भएका छन् । स्थानीय ४५ वर्षीय शोभा रिजाल, सोही ठाउ“का ८ वर्षीय किरण थापा र बाहानेमा कोठा भाडा लिएर बस्दै आएका खवाङ-७ की काली परियार र ६० वर्षीय दोवन्ती विक पहिरोमा पुरिएर बेपत्ता भएको स्थानीयले बताएका छन् ।

त्यस्तै, अर्खा–६ दारेमेलामा एकै घरका तीन जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् । ५० वर्षीय देवबहादुर बुढा, १३ बर्षीय छोरी जवुना बुढा र ११ वर्षीय छोरा हिमाल बुढालाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

बाढी पहिरोले जिल्लाका दर्जन बढी गाविसका गरी झण्डै ढाई सय घरपरिवार विस्थापित भएको प्यूठानका प्रहरी प्रमुख प्रनाउ रंजितसिँह राठौँरले जानकारी दिए । बुधवार विहान जिल्ला दैवी प्रकोप उद्दार समितिको वैठक बसी तत्कालिन राहत र उद्दारका विषयमा छलफल गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger