Headlines News :
Home » » अरिंगालको टोकाईवाट रुकुममा एक बालकको ज्यान गयो

अरिंगालको टोकाईवाट रुकुममा एक बालकको ज्यान गयो

Written By Unknown on Saturday, July 2, 2016 | 1:53 AM


असार १८, रुकुम । अरिंगालको टोकाई वाट रुकुममा एक बालकको ज्यान गएको छ ।



विद्यालय वाट घर फर्कने क्रममा वाटोमा अरिंगालले टोकेर चौरजहारी नगरपालिका-८ का ७ वर्षिय वालक विरेन्द्र वोहराको ज्यान गएको हो ।

छिमेकी गाविस खोलागाउँमा अवस्थित रुकुमेली आस्था ईगंलिस मेडियम वोर्डिग स्कुलको कक्षा नर्सरीमा अध्ययनरत वालक वाटोमा हिडिरहेको अवस्थामा अरिंगालले टोकेकोे थियो ।

विद्यालयवाट घर फर्कने क्रममा मृतक वालकका साथीहरुले अरिंगालको गोलोमा ढुगांहानेर जिस्काएकाले अरिंगालहरु आएर टोकेको अनुमान गरिएको स्थानिय डिल्ली खत्रीले जानकारी दिए ।

बालकको स्थानीय मेडिकलमा प्राथामिक उपचार पछि थप उपचारका लागी चौरजहारी अस्पताल लिने क्रममा वाटो मृत्यु भएको हो । अरिगांलले वालकको हात र टोउकोमा टोकेको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger