|
|
आइतवार तुलसीपुर नगरपालिका र ईलाका प्रहरी कार्यालय तुलसीपुरको संयूक्त एक टोलिले बजारमा रहेका बहुला कुकुरहरु व्यवस्थापन गरेको हो । जसमा टोलवासीहरुले पनि सहयोग गरेका थिए । बहुला कुकुरको जगजगी बढेपछि स्थानीयवासीले नै कुकुर मार्न दवाव सृजना गरेका थिए ।
बजारमा बहुला कुकुरहरु अत्याधिक मात्रमा बढ्दै जानु रेविज लागेका कुकुरहरुले एक हप्ता भित्रै तीन दर्जन वढी व्यक्तिलाई टोकेपछि कुकुर मार्न दवाद आएको सरोकारवालाहरुले बताएका छन् । तुलसीपुर नगरपालिकाले कुकुर आतंक सृजना भएपछि सार्वजनिक मिडियाहरुमा अपिल नै जारी गरि सचेत रहन आग्रह समेत गरेको थियो ।
साधारणहरुलाई जथाभासवि टोक्न थालेपछि नगरपालिकाले कुकुहरुको व्यवस्थापन सुरु गरेको नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले बताए । बहुला कुकरले बजारमा एकै दिनमा २० जनालाई टोकेको राप्ती अञ्चल अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अन्य रेविज लागेका कुकुरहरुको खोजी कार्य भईरहेको र साझासम्म संख्या बढने उनले बताए । तर पशुअधिकारकर्मीहरुको विरोध आउन सक्ने भएकोले कुकुर मारेको कुरा नलेख्न सम्विधत निकाएहरुले आग्रह गरेका छन् । स्रोत: तुलसीपुर अनलाइन
Post a Comment