Headlines News :
Home » » बेचिन लागेकी दाङकी एक किशोरीको उद्धार, यसरी परे दलालहरु प्रहरी फन्दामा

बेचिन लागेकी दाङकी एक किशोरीको उद्धार, यसरी परे दलालहरु प्रहरी फन्दामा

Written By Unknown on Wednesday, August 3, 2016 | 6:25 AM


दाङ, १९ साउन । दाङकी एक किशोरीलाई भारततर्फ लैजाँदै गरेको दुई दलाललाइ प्र्हरीले पक्राउ गरेको छ ।


डाक्टरसँग बिहे गराइदिने भन्दै दाङकी एक किशोरीलाई भारत लाँदै गरेको अवस्थामा ति २ दलालहरुलाई कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले पक्राउ गरेको छ ।

दाङ घर भएकी एक किशोरीलाई प्रलोभनमा पारी डाक्टरसँग विवाह गराइदिने भनेर कृष्णनगरको बाटो हुँदै भारत लैजाँदै गरेको अवस्थामा मानब बेचबिखन तथा ओसारपोसार बिरुद्ध क्रियाशील संस्था के.आई नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल राजश्व भन्सार सुरक्षा गुल्म कृष्णनगरको संयुक्त टोलीले पीडितको उद्धार र दलालहरुलाई पक्रन सफल भएको हो ।

किशोरीलाई प्रलोभनमा पारेर बेच्न लागेको आरोपमा पक्राउ पर्नेमा दाङ घर भएकी ३४ बर्षीया मीना घोराली र भारत बलरामपुरका ५८ बर्षका जफर अहमद सिद्धिकी छन् ।

डाक्टरसँग विवाह गर्दा सुखसँग बस्न पाइने भन्दै बिभिन्न आश्वासनमा पारेर मीनाले आशालाई कृष्णनगरको बोर्डर कटाउदै गर्दा शंका लागेर सोधपुछ गर्दा रहस्य खुलेको हो । पीडित किशोरी हाल के.आई. नेपाल कृष्णनगरको आपतकालीन गृहमा छिन् । स्रोत: इन्द्रेणी अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger