Headlines News :
Home » » दाङका १८ जना सर्वधारणबाट १३ लाख ठगि गर्ने शर्मा प्रहरी खोरमा

दाङका १८ जना सर्वधारणबाट १३ लाख ठगि गर्ने शर्मा प्रहरी खोरमा

Written By Unknown on Tuesday, August 2, 2016 | 9:41 AM


साउन १८ दाङ । १८ जना सर्बसाधारणबाट करिब १३ लाख ठगी गरेको अभियोगमा दाङका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भारतको एक कम्पनिको नाम लिएर आफु सोही कम्पनीको ऐजेन्ट हुँ भन्दै ठगी गर्ने भगवती शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
भारतको उक्त कम्पनीमा लगानी गरे लाखौ रुपैयाँ मुनाफा हुन्छ भन्ने जस्ता विभिन्न प्रलोभन देखाई सर्बसाधारणबाट ठूलो धनरासी असुल्दै आएकी घोराही ११ की ४५ बर्षीया भागबती शर्मा आचार्यलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिएका हुन ।

उनले भारतको उत्तर प्रदेश राज्यको बनारसमा रहेको Win Win Trade Mart Pvt. Ltd नाम गरेको गार्मेन्ट सम्बन्धी कामगर्ने नेटवर्किङ कम्पनीको ऐजेन्ट भएको र त्यस्मा लगानी गरे एक लाख रुपैया मुनाफा हुन्छ र मासिक २० हजार तलब हुन्छ भन्दै शर्माले ठगी गर्दै आएको एसपी सिंहले बताए ।

दाङका बिभिन्न ब्यक्तिबाट शर्माले हालसम्म १२ लाख ७२ हजार ठगी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको एसपी सिंहले जानकारी दिए । पक्राउ परेकी शर्माका वारेमा थप अनुसन्धान भईरहेको सिंहले बताए । साथै उनले अन्य ब्यक्तिलाई पनि शर्माले ठगी गरेको हुन सक्ने आशंका व्यक्त गरेको छ ।

प्रहरीले यदी अन्यहरुमाथि पनि यस्तै ठगी भएको भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नपनि सिंहले आग्रह गरेका छन् । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger