|
|
तालाबाङ-८ बुढागाउँ की १७ वर्षीया सुकु घर्तीमगरको स्वास्थ्य चौकी तालाबाङमा उपचारको क्रममा निधन भएको हो ।
घरमा ब्यथा लागेपछि स्वास्थ्य चौकी ल्याउदै गर्दा बाटोमा बच्चा जन्मेको र उपचारका लागि स्वास्थ्य चौकीमा पु-याई उपचारका क्रममा मृत्यु भएको तालाबाङ स्वास्थ्य चौकीका इन्चार्ज पदम घर्तीले जानकारी दिए ।
गर्भवति भएपछि स्वास्थ्य चौकीमा ४ पटक नियमित जाच गर्नुपर्ने भएता पनि उनले एक पटक मात्रै जाच गरेको स्वास्थ्य संस्थाको भनाई छ ।
जिल्लामा अझैपनि अर्भावस्थामा स्वास्थ्य चौकीमा नियमित चेकजाच नगर्ने गरेकाले यस्तो घटना हुने गरेको जिल्ला अस्पताल रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगीको भनाई छ । -तुलसीपुर अनलाइन
Post a Comment