|
|
दाङको हाँसीपुर गाविस वडा नं. २ गोख्ले निवासी २६ वर्षीय हसन मियाँले ५५ वर्षीय बाबु अमिन मियाँको धारिलो हतियार र दाउराले आक्रमण गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिए ।
हसनले बाबु अमिनलाई धारिलो हतियारले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको एसपी सिंहले बताए । हत्यापछि हसन फरार रहेकोले उनको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ ।
कतिपयले स्थानीयले बाबुको हत्या गर्ने हसनको मानसिक सन्तुलन ठीक नभएको भन्ने जानकारी दिएको पनि प्रहरीले बताएको छ । सेतोपाटिबाट
Post a Comment