Headlines News :
Home » » दाङमा हायसले मोटरसाईकललाई ठक्कर दिँदा तीनजना घाईते,उपचारका लागि कोहरपुर पठाइयो

दाङमा हायसले मोटरसाईकललाई ठक्कर दिँदा तीनजना घाईते,उपचारका लागि कोहरपुर पठाइयो

Written By Unknown on Friday, August 5, 2016 | 3:08 AM


साउन २१, तुलसीपुर । हायसले मोटरसाईकललाई ठक्कर दिदा तुलसीपुरमा तीनजना घाइते भएका छन् ।

तुलसीपुरको बैंक चोकमा बा २ ख ३६८४ नम्वरको हायसले रा २ प २५३० नम्वरको मोटरसाईकललाई शुक्रवार विहान ठक्कर दिदा त्यसमा सवार दुइजना र पैदल यात्रु थप एक जना सहित तीन जना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सञ्तोष रोकाले जानकारी दिए ।



घाइते हुनेमा मोटरसाईकल चालक तुलसीपुर ५ निवासी वर्ष ३० का रापेश अली , पछाडी सवार वर्ष २३ का सलिन अली र पैदल यात्रु तुलसीपुर १२ निवासी ५५ बर्षीया टम्सी चौधरी छन् ।

मोटरसाईकल चालको अलीको एउटा हात फ्याक्चर भएको छ भने अन्य दुइ जनाको अवस्था सामान्य रहेको पनि प्रहरी प्रवक्ता रोकाले जानकारी दिए । खुट्टा र हातमा गहिरो चोट लागेका मोटरसाईकल चालक अलीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहरपुर रेफर गरिएको छ ।

अन्य दुइजनाको अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दाङबाट काठमान्डौं जानका लागि रजौमा यात्रु लिन गएको हायसले बैंकचौकमा उक्त मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger