|
|
जुम्लेपानीका ५४ बर्षिया हेमादेवी खत्री, २३ बर्षिय बसन्त खत्री, १९ बर्षिया ज्ञानी खत्री, ३४ बर्षिय मदन घर्ती, २८ बर्षिया लक्ष्मी घर्ती, ९ बर्षिय प्रकाश घर्ती र ५८ बर्षिया धनी घर्ती च्याउको तरकारी खाँदा बिरामी पर्नुभएको हो ।
गाउँ नजिकैको मौवालेख सामुदायिक वन क्षेत्रबाट ल्याएको च्याउको तरकारी खाएपछि विरामी परेको मदन घर्तीले बताए । गाईगोरु चराउन जंगल गएको बेला चम्रेउ नामको च्याउ लिएर बिशिबार बेलुका खाना सँग खाएपछि सबै बिरामी परेका थिए ।
काठमा उम्रेको च्याउ खाएपछि बान्ता हुने, पखाला लाग्ने, रिङाटा लाग्ने र टाउका दुख्ने समस्या भएपछि बिरामी सबैलाई उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ल्याइएको छ । विरामी सबैको अबस्था खतरा मुक्त रहेको र उपचार भैरहेको अस्पतालले जनाएको छ । तुलसीपुर अनलाइनबाट
Post a Comment