Headlines News :
Home » » दाङमा तीन दिन पहिले बेपत्ता बालक कटुवाखोलामा मृत भेटिए

दाङमा तीन दिन पहिले बेपत्ता बालक कटुवाखोलामा मृत भेटिए

Written By Unknown on Sunday, August 21, 2016 | 6:22 AM


भदौ ५, दाङ । दाङको चौघेराबाट घर देखी तीन दिन पहिले हराएका एक बालक आईतबार मृत अबस्थामा फेला परेका छन् ।


घोराही नगरपालिका ३ चौघेराको मखमली टोलबाट तीन दिन पहिले हराएका डेढ बर्षिय बालक विक्रान्त सुनार आईतबार घोराही ४ धोब्बेको कटुवाखोलाको पानीमा डुबेको अबस्थामा भेटिएका हुन् ।

शुक्रबार दिउँसो ३ बजे तिर घरबाट हराएका बालकको आज खोलामा डुबेको अबस्थामा शब फेला परेको बुवा सुदन सुनारले जानकारी दिए । माछा मार्ने व्यक्तिले बच्चा पानीमा तैरेको अबस्थामा देखेपछि छिमेकीलाई खबर गर्दा अस्ती हराएको बच्चा भएको परिवारले पुष्टि गरेका हुन् ।

रामपुर गाबिस ८ काँडाखुटी घर भएका सुनारको परिवार तीन बर्ष देखी चौघेरामा भाडामा कोठा लिएर मजदुरी गर्दै आएका छन् । पिडित परिवारले बच्चाको कसैले हत्या गरेर पानीमा फालेको हुन सक्ने आशंका गरेका छन् ।

तर प्रहरीले शबको पोष्टमार्टम गरेपछि मात्रै मारेर फोलेको या डुबेर मरेको भन्ने थाहा हुने बताएको छ । घर देखी करिब ३ सय मिटर उत्तरतर्फ बालकको शब फेला परेको छ । घटनाका बारेमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger