|
|
सल्यानको उत्तरी पश्चिमी क्षेत्रको मुलखोला, देवस्थल र घाँजरीपिपलका केहि वडाहरुमा अघिल्लो वर्ष झै यसपाली पनि बँदेलले वर्षे बालीमा नोक्सानी गरेको गर्न थाले पछि जागाराम बस्न थालेका हुन् ।
विगत ३ वर्ष देखि लागातार मुलखोलाको वडा ४ र ५, देवस्थलको वडा २ , ४, ५ र ८ मा वँदेल पाखाबारीमा लगाएको मकै, बदाम, अदुवा, वेसार, पिडालुँ, तरुल लगाएतका बाली सखाप पारेको छ । ती बँदेल धपाउन वर्षायाममा पनि त्यहाँका स्थानीयहरु रातभर जागाराम वस्ने गरेका हुन् ।
रातभर थाली, मादल र सिटि वजाएर, खेतबारीमा आगोबालेर स्थानीयले बँदेल धपाउदा धपाउँदै समेत आएर बालीनाली खाने गरेको मुलखोला ५ का महेन्द्र वुढाले वताए । बँदेलले पाक्दै गरेको मकैबालीमा सवै भन्दा वढि क्षेती गर्ने गरेको छ ।
३ वर्ष देखि यता वर्षे वाली र हिउँदे बाली बँदेलले खाएर दुख दिन गरेको गाउँलेहरु वताउँछन् । मुरीका मुरी घर घरमा उत्पादन हुने मकै विगत ३ वर्ष देखि खान र वेच्न नपाउदा यी ३ गाविसका स्थानीय समस्यामा परेका छन् ।
Post a Comment