|
|
घोराही नगरपालिकाको बाह्रकुने दह क्षेत्रमा गस्तिमा गएको प्रहरी अगाडी नै मादक पदार्थ सेवन गरेका युवाहरुले हुलहुल्लज गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
मादक पदार्थ सेवन गरि मनपरी गर्ने र समाजमा सन्त्रास फैलाउन खोज्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले बताए ।
सोही अभियोगमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा घोराही नगरपालिका ६ बस्ने २३ वर्षीय गोबिन्द जि.एम, सोही ठाउँका २० बर्षीय राजु परियार, घोराही ७ बस्ने २३ बर्र्षीय बिनोद बिश्वकर्मा, घोराही १ बस्ने २३ बर्षीय दिपेन्द्र परियार र रूपन्देही सुर्यबुढा २ बस्ने २० बर्षीय सुनिल रोका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ । तुलसीपुर अनलाइनबाट
Post a Comment