Headlines News :
Home » » रोल्पाका खिमप्रसाद ६ बर्षदेखि मलेसियाको जेलमा, उद्धारका लागि परिवारको सरकारसंग आग्रह

रोल्पाका खिमप्रसाद ६ बर्षदेखि मलेसियाको जेलमा, उद्धारका लागि परिवारको सरकारसंग आग्रह

Written By Unknown on Wednesday, August 24, 2016 | 6:22 AM


भदौ ८, काठमाडौं । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका रोल्पाका खिमप्रसाद परियार सम्पर्कबिहीन भएको ६ बर्ष भयो ।

२०६७ साल साउन १३ गते काममा निस्केका उनी एकाएक बेपत्ता भएपछि परिवार र साथीभाइले खोजीनिती गर्दा पनि पत्ता लगाउन सकिएन । उनको अवस्थाबारे परिवारले आधिकारिक जानकारी पाउन सकेन ।

तर पछिल्लो समय उनको परिवारले केहि अपुष्ट खवर प्राप्त गरेका छन् कि रोल्पा राँसी २ का खिमप्रसाद परियार मलेसियाको जेलमा छन् । मलेसियास्थित नेपाली दूतावासले यसको जानकारी गराएको हो ।

मलेसियाको आर सेगरी होल्डिङ नामको कम्पनीमा काम गर्ने परियार २०६७ साउन १३ गते बिहान ७ कोठाबाट ड्युटीमा निस्किएपनि कार्यस्थलमा पुगेनन् । परियार चढेको साइकिल नजिकैको सडक छेउमा भेटिएको थियो । एक सातापछि उनी बेपत्ता भएको खवर परिवारले पायो ।

चार बर्ष मलेसियामा बसेर घर फर्कने तयारी गरिरहेका ३६ बर्षीय खिमप्रसाद एकाएक बेपत्ता भएपछि परिवारमा सन्नाटा छायो । तर जतिनै प्रयास गर्दा पनि उनको बारेमा ६ बर्षसम्म अत्तोपत्तो भएन । ‘मलेसिया गएको ४ बर्षसम्म दाजु घरपरिवारको नियमित सम्पर्कमा हुनुहुन्थ्यो’, भाइ भुपेन्द्र भन्छन्, ‘त्यसपछि अहिले त ६ बर्ष भइसक्यो, दाईको केहि खबर छैन ।’

तर पछिल्लो पटक मलेसियास्थित नेपाली दूतावासले रांसि २ रोल्पाका खिमप्रसाद परियार भन्ने मान्छे मलेसियाको जेलमा भएको बताएपछि परिवारमा नयाँ आशा जागेको छ । दाइलाई नेपाल कसरी फर्काउने भन्नेबारे भाइ भुपेन्द्र अनभिज्ञ छन् । उनले सुनेका थिए, नेपालबाट पत्रकारले दूताबासमा फोन गरिदिएपछि जेलबाट निकाल्न छिटो प्रक्रिया थाल्छ रे । अब उनको आशा त्यहीँ छ ।

चिनेका ठूलाबडा, मेनपावर कम्पनी, दलाल, प्रहरी कसैबाट पनि दाइको पत्ता लगाउन नसकेका भुपेन्द्र र उनका परिवार दूतावासको पछिल्लो भनाइबाट खुसी भएका छन् । परिवारलाई उनी कुन मेनपावर र दलालमार्फत मलेसिया पुगेको भन्ने समेत थाहा छैन ।

दूताबासले खिमप्रसादका परिवारलाई भने अनुसार उनलाई मलेसियाको काजंग इग्राम्म स्थित जेलमा राखिएको छ तर कुन मुद्धामा जेल हालेको भन्नेबारे दूतावासले खुलाएको छैन । मलेसियाको जेलमा रहेका भनिएका परियार उपराष्ट्रपति नन्दबहादुर पुनका छिमेकी हुन् । अनलाइनखबरबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger