Headlines News :
Home » » राप्ती लोक मार्ग अन्तरगत दाङ सल्यान सडक खण्ड ३३ घण्टा पछि खुल्यो

राप्ती लोक मार्ग अन्तरगत दाङ सल्यान सडक खण्ड ३३ घण्टा पछि खुल्यो

Written By Unknown on Wednesday, August 24, 2016 | 6:06 AM


भदौ ८, दाङ  । सुख्खा पहिरो खसेर अबरुद्ध भएको दाङ सल्यान सडक खण्ड करिब ३३ घण्टा पछि सुचारु भएको छ । राप्ती लोक मार्ग अन्तरगत तुलसीपुर नगरपालिका १ साततलेमा सुख्खा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।
म्ंगलबार विहान ८ बजे खसेको पहिरोलाई दुई वटा लोडर निरन्तर हटाएपछि आज बेलुका ५ बजे सडक खुलेको हो । निकै ठूलो पहिरो खसेको र मध्यपश्चिम सडक डिभिजन कार्यालय घोराहीको लोडरले ३३ घण्टा पछि पहिरो हटाउन सफल भएको हो ।

पहिरो खसेपछि दाङ सल्यान आउने जाने सबै गाडिहरु बिच सडक मै रोकिएका थिए । पहिरो हटाए पनि खसिरहदा समस्या लम्वियको प्रहरीले बताएको छ । पहिरोका कारण अलपत्र परेका करिब ३ सय गाडिहरु गन्तव्य तर्फ लागेका छन् ।

समयमै पहिरो हटाउन नसक्दा यात्रुहरुले निकै सास्ती भोगेका छन् । कतिपय यात्रुहरु लामो दूरीसम्म पैदल यात्रा गर्न बाध्य भए । सडक डिभिजन कार्यालयको मात्रै भरपर्दा र कार्यालयको स्रोत साधन कमजोर हुदा सास्ती भएको भन्दै यात्रुहरुले आक्रोश समेत पोखेका छन् । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger