Headlines News :
Home » » राप्ती समितिले दाङदेखि दिल्लीसम्म बस सञ्चालनको तयारी गर्दै

राप्ती समितिले दाङदेखि दिल्लीसम्म बस सञ्चालनको तयारी गर्दै

Written By Unknown on Friday, August 12, 2016 | 3:37 AM


बालाराम खड्का/साउन २८, दाङ  । अबदेखि दाङबाट भारतको राजधानी दिल्लीसम्म सिधा वस सञ्चालन हुने भएको छ । अब यो दुई देशविचको यात्रागर्न चाहने यात्रुले  यात्रुले विचमा अनेकौं वसहरु फेर्नुपर्ने, रिक्सा चढ्नुपर्ने, अनावश्यक व्ययभार बढी तिर्नुपर्ने, अनाववश्यक तनाव वेहोर्नुपर्ने परिस्थिति झेल्नुपर्ने छैन ।



अबको झन्डै एक महिना पछि दाङबाट सिधैभारतको दिल्लीका लागि डिलक्स बसहरु सञ्चालन हुने राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका पदाधिकारीहरुले जानकारी दिएका छन् ।

यात्रुहरुको सुविधा र आवश्यकतालाई मध्यनजर गर्दै दाङको पूर्बि व्यापारिक केन्द्र भालुबाङबाट लमही घोराही-तुलसीपुर हुदै अमिलिया–नेपालगंज, रुपैडिहा हुदै दिल्लीका लागि बस सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको समितिले जानकारी दिएको छ । यस अघि दिल्ली जानलाई विभिन्न स्थानमा गाडि फेर्नुपर्ने, रिक्सा अथवा टेक्सी बदल्नुपर्ने र भाषाको समस्याले विभिन्न ठगीमा पर्नुपर्ने समस्या थिए ।

अब यस्तो समस्यावेहोर्दै आएका सर्वसाधारण यात्रुका लागि सिधै दिल्लीसम्म वस सञ्चालन गर्न लागिएको समितिका पदाधिकारीहरले बताए । सुरुमा सातामा तीन दिन दिल्लीसम्मलाई डिलक्स गाडी छोड्ने तयारी समितिले गरेको छ । यात्रुहरुको चाप र मागलाई मध्यनजर गर्दै गाडी संख्यामाथपघट गर्न सकिने समितिका डायल इन्चार्ज प्रकाश भट्टले जानकारी दिएका छन् ।

समितिले दिल्लीमा नेपाली त्यसमा पनि मध्यपश्चिमवासी यात्रुहरुको सुविधाका लागि ‘राप्ती टुर एण्ड ट्राभल्स’ नामक एजेन्सी दर्ता गरेर डिल्लीको सबै प्रकृया पुरागरिसकेको जानकारी भट्टले दिए । ‘हामीले इण्डियाको सबै प्रकृया पुरा गरिसकेका छौं, अहिले हामी समितिमा आन्तरिक तयारीमा जुटेका छौं, भदौको दोस्रो सातादेखि भालुबाङ-तुलसीपुर हुदै अमिलियाको बाटो डिलक्स बसहरु छोड्ने तयारीमा छौं-राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले भने ।

बिषेशगरी राप्तीका सबै जिल्ला, गुल्मी अर्घाखाँची र कोइलावास सीमा नजिकका सबै यात्रुहरुलाई सेवा दिने उद्देश्यले भालुबाङबाट रुट तय गरिएको अध्यक्ष हमालले बताए । व्यापारिक सिलशिला वा कमाइका लागि भारत जानेहरु फर्कदां पटक÷पटक ठगीने र लुटिने घटनाहरुमा यसरी सीधा बस सेवा सञ्चालन आएपछि घट्ने अपेक्षा अध्यक्ष हमालले व्यक्त गरे ।

‘सिधा बस सेवा सञ्चालन हुंदा विचमा गाडी बदल्नुपर्ने झण्झट र भाषाका कारण झेल्नुपर्ने कठिनाईबाट मुक्त हुनेछ, साथै यात्राको अवधीपनि कम हुनेछ’–अध्यक्ष हमालले भने । समितिले नाफामूखीभन्दा पनि सेवामुखी भावले दाङ– दिल्लीको रुट तय गरेर सुविधासम्पन्न बसहरु सञ्चालन गर्न थालेको उनले दाबी गरे ।

यात्रुहरुले धेरै गाडी बदलेर आउनुपर्दा धेरै सास्ती खेप्नुपरेको खबरहरु बाहिर आइरहँदा कसरी उनीहरुलाई सुरक्षित यात्रा गराउन सकिन्छ भनेर सिधा बस सेवाका लागि प्रकृया अघि बढाइएको समितिले जनाएको छ । दिल्लीबाट विभिन्न गाडीहरु बदलेर दाङसम्मआउनुपर्दा विरामी तथा सर्वसाधरणले निकै सास्ती वेहोर्नुपर्छ ।

बस सञ्चालनमा आएपछि १६ घण्टामा दिल्लीबाट दाङ आइपुगिने समितिले दाबी गरेको छ । ‘हाम्रा गाडीहरु सञ्चालन भएपछि दाङबाट दिल्लीको यात्रा समय १६ घण्टा हो, त्यो समयमा हामी यात्रुलाई सुविधासम्पन्न यात्रा गराउन सक्छौं’–समितिका डायल इन्चार्ज प्रकाश भट्टले भने ।

अहिले दिल्लीबाट दाङ आउनका लागि विभिन्न स्थानमा रिक्सालगायतका साधनको प्रयोग गर्नुपर्ने, गाडीहरु फेर्नुपर्ने जस्ता कारणले करिब २४ घण्टाभन्दा बढि समय लाग्ने गरेकोले त्यसभन्दा धेरै छिटो गनतव्यमा पुग्न सकिने उनले बताए । दाङबाट दिल्लीका लागि भाडा अहिले नेपाली रुपैंया २ हजार ८० निर्धारण गरिएको भएपनि त्यसमा केही दिनमै हेरफेर हुने समितिले
बताएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger