Headlines News :
Home » » दाङमा सर्पको टोकाइवाट एक महिलाको मृत्यु

दाङमा सर्पको टोकाइवाट एक महिलाको मृत्यु

Written By Unknown on Friday, August 12, 2016 | 6:21 AM


शंकर केसी/साउन २८, दाङ । दाङमा सर्पले डस्दा एक महिलाको ज्यान गएको छ ।



गोल्टाकुरी गाविस वडा नम्बर ८ बंगलापुर निवासि ३५ वर्षिया कमला ओलिको सर्पले डस्दा मृत्यु भएको हो । कमलालाइ गत साउन २६ गते बारिमा घाँस काट्दै गर्दा सर्पले डसेको थियो ।

सर्पले डस्ने वित्तिकै राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचारका लागी लगिएको र त्यहाँबाट थप उपचारको लागी भारतको लखनौ लैजादै गर्दा बाटोमै कमलाको मृत्यु भएको गोलटाकुरिबाट धन बहादुर डाँगीले टेलिफोनमा जानकारि दिए ।

कमलाको शव शुक्रबार घर ल्याइएको छ । उनको मृत्यु भएपछि रोजगारको लागी दुइ वर्ष अघिदेखि भारतको गुवामा रहेका श्रीमान घर तर्फ हिडेका छन् । उनी दाङ आउन ४ दिन लाग्ने जनाइएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger