Headlines News :
Home » » दाङमा फैसला भएको साढे ३ बर्षपछि हत्यारा पक्राउ, अब उनलाई यस्तो सजाय हुँदै !

दाङमा फैसला भएको साढे ३ बर्षपछि हत्यारा पक्राउ, अब उनलाई यस्तो सजाय हुँदै !

Written By Unknown on Monday, August 8, 2016 | 3:59 AM


साउन २४, दाङ । दाङमा व्यक्ति हत्या गरेको ठहर भई २० बर्ष कैद सुनाइएका तर फरार रहेका एक जनालाई फैसला भएको साढे ३ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।



२०६८ साल माघ १० गते लक्ष्मीपुर गाविस ६ भानपुर चोकमा डेरा गरि बस्दै आएका ५३ को खेमराज सुवेदीको हत्या गरेको भन्दै दाङ देउखुरी जिल्ला अदालतले २० बर्ष जेल सजाय सुनाएका लक्ष्मीपुर ६ भानपुर चोकका २६ बर्षिय गोपाल बिकलाई पक्राउ गरेको हो ।

सोही ठाउँका कालीप्रसाद भनिने कल्सु चौधरी समेतले कुटपिट गरी गम्भिर घाईते बनाएको र उपचारका क्रममा सुबेदीको राप्ती उपक्षेत्रिय अस्पतालमा मृत्युभएको थियो ।

उक्त घटनामा मृतकका श्रीमति साविक नारायणपुर गाविस ६ घर भई लक्ष्मीपुर ६ भानपुर चोकमा डेरा गरी बस्दै आएका झगादेवी सुवेदीको जाहेरीमा अदालतले दोषि ठहर गर्दै २० बर्षको कैद फैसला गरेको थियो ।

फैसला भएको तर पक्राउ नभएका दोषिहरुको नामावली अनुसार जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको बिषेश टोलीले बिकलाई पक्राउ गरेर अदालतमा बुझाएको एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

उक्त घटनामा दाङ देउखुरी जिल्ला अदालतले २०६९ साल मंसिर २५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा १० वर्ष कैद सजाय तोकेकोमा पुनरावेदन अदालत तुलसीपुरले २०७० साल चैत्र १० गते जिल्ला अदालतको फैसलालाई बदर गरी २० वर्ष कैद सजाय सुनाएको थियो । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger