Headlines News :
Home » » पहिरोले दाङ घोराहीदेखि रोल्पा थवाङसम्मको शहीदमार्ग दुई हप्तादेखि बन्द, सर्वसाधारणको बिचल्ली

पहिरोले दाङ घोराहीदेखि रोल्पा थवाङसम्मको शहीदमार्ग दुई हप्तादेखि बन्द, सर्वसाधारणको बिचल्ली

Written By Unknown on Monday, August 8, 2016 | 5:04 AM


साउन २४, दाङ । अविरल वर्षापछि पहिरो जाँदा घोराही–थवाङ शहीदमार्ग दुई हप्तादेखि अवरुद्ध बनेको छ । मार्गको घोराही–होलेरी खण्डमा ठूलो पहिरो गएकाले सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ ।



तत्काल पहिरो हटाउन सम्भव नदेखिएको प्रहरीले बताएको छ ।
उक्त सडकखण्डको सैघा गाविस २ मखखोलामा ठूलो पहिरो खसेकाले तत्काल हटाउन नसकिने प्रहरीको भनाइ छ । ‘पहिरो हटाउँदा माथिबाट थप पहिरो जाने खतरा छ,’ मध्यपश्चिम सडक डिभिजन कार्यालय, दाङका लेखा अधिकृत जयन्द्र पौडेलले भने, ‘पहिरो हटाउँदा थप जोखीम बढ्ने देखिएको छ ।’

बर्खा नसकिँदासम्म तत्काल पहिरो हटाउन नसकिने उनले प्रतिक्रिया दिए । पहिरो गएकै दिनदेखि हटाउन निरन्तर प्रयास गरिए पनि सफल हुन नसकेको पौडेलले बताए । भौगोलिक हिसाबले निकै कठिन क्षेत्र भएकाले सहजै पहिरो हटाउन नसकिने अवस्था छ ।

हटाउने काम असम्भव भएपछि वैकल्पिक सडक खन्ने क्रम शुरू भएको कार्यालयले बताएको छ । सो सडकखण्डलाई कालोपत्र गर्न फराकिलो पार्ने क्रममा जमीन कमजोर बन्दा पहिरो खसेको हो । यसअघि पनि ट्र्याक्टर हिँडेको ट्र्याकबाटै वैकल्पिक सडक बनाउन एउटा एस्क्याभेटरले काम गरिरहेको प्रहरी चौकीका हबल्दार पूर्णबहादुर बोहराले जानकारी दिए ।


पहिरो हटाउन सडक विभागका कर्मचारी, सडक कालोपत्र गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीको एस्क्याभेटर र प्रहरी खटेका छन् । तर, प्रयास भए पनि पहिरो हटाउन सकिएको छैन । सडक अवरुद्ध हुँदा सोनापुर सिमेण्ट उद्योगलाई धेरै घाटा लागेको छ । होलेरीनजिकै रहेको चुनढुङ्गाखानीबाट कच्चापदार्थ ल्याउने उद्योगका गाडी अहिले विनाकाम थन्किएका छन् । यही कारणले उद्योगको उत्पादन बन्द भएको छ भने त्यसले करोडौं रुपैयाँ घाटा लागेको उद्योगले बताएको छ । नियमित चल्ने अन्य बसलगायतका सवारीसाधनसमेत सञ्चालनमा आउन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।

‘पहिरोका कारण सबैभन्दा बढी बिरामीलाई समस्या परेको छ,’ बोहोराले भने, ‘एम्बुलेन्सहरू आवतजावत गर्न नसक्दा गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल ल्याउन सकिएको छैन ।’ बिरामीलाई बीच बाटोदेखि वैकल्पिक मार्ग हुँदै बोकेर दाङसम्म ल्याउने काम भइरहेको उनले बताए । यो मार्गबाट रोल्पा र रूकुमका यात्रु दाङ आवतजावत गर्छन् । स्रोत: दाङखबर डट कम

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger