|
|
काटगाउँ–७ का मनप्रसाद परियार र कोटगाउँ–९ का ताराप्रसाद परियार शनिबार बिहान साढे ६ बजे काठमाडौंको नयाँ बसपार्कबाट बानेश्वर जानेक्रममा लुटिएको पीडित मनप्रसादले फोन मार्फत गुनासो गरेका छन् ।
शनिबार मलेसियाको फ्लाइट रहेको उनीहरुको साथबाट ५०/५० हजारका दरले एक लाख लुटिएको छ । १०/१२ जनाको समूहमा मुखमा मास्क लगाएका लुटेराको समूहले आफूहरुलाई लुटेको पीडितको भनाई छ ।
पैसा लुटिएपछि उनीहरु अलपत्र परेका छन् । उनीहरुको घरमा फोन सम्पर्क नभएकाले थप समस्यामा परेको बताएका छन् । स्रोत: उज्यालो अनलाइन
Post a Comment