Headlines News :
Home » » दिनदाहाडै नाटकीय ढंगले तुलसीपुरको व्यस्त बजारवाट यसरि चोरियो दुईलाख नगद !

दिनदाहाडै नाटकीय ढंगले तुलसीपुरको व्यस्त बजारवाट यसरि चोरियो दुईलाख नगद !

Written By Unknown on Friday, August 26, 2016 | 2:45 AM


नारायण खड्का/भदौ १०, दाङ । दाङको तुलसीपुरमा एक जना व्यक्तिवाट नाटकिय ढंगले दुईलाख रुँपैया लुटपाट भएको छ । रोल्पा जिल्लाको वडाचौर गाविस वडा नं. ४ निवासी २६ वर्षीय एञ्जल भिजन गुरुङको दुईलाख रुँपैया दिनदाहाडै नाटकिय ढंगले लुटपाट भएको हो । गुरुङ ठेकेदार हुन ।
गत हप्ता केही दिन अघि ५ लाख ३५ हजार रुँपैया चोरी भएको वीपी चोक स्थित राप्ती मनी ट्रान्सफर्मर वाट शुक्रवार विहान ११ः३० बजे गुरुङ दुई लाख रुँपैया निकालेर कर तिर्ण जाँदै गर्दा उनको शरिरमा काउछो हालेर , पछाडि सर्टमा विस्कुट जस्तो देखिने बस्तु घोलेर राखेर लुटपाट भएको शसस्त्र प्रहरी सुरक्षा वल तुलसीपुरका प्रहरी निरीक्षक धनन्जय केसीले जानकारी दिए ।

शसस्त्र प्रहरी निरीक्षक केसी भने ‘चोरले तपाँईको सर्टमा फोहर लागेको छ भनेछन । अनि गुरुङलाई बोत्तलको पानी समेत चोरले आफै दिएछ । गुरुङ पैंशा राखेको झोला राखेर कपडा सफागर्न खोज्दा चोर झोला टिपेर भागे छ ।’ त्यसअघि पनि चोरले गुरुङलाई काउछो र बेहोस हुने पदार्थ समेत प्रयोग गरेको शसस्त्रका प्रहरी निरीक्षक केसीले बताए ।

चोर पक्राउ तर पैंशा फेला परेन

गुरुङको पैंशा सहितको झोला चोरेर भाग्ने एकजना चोरलाई शसस्त्र प्रहरीले त्यसको १५ मिनेट भित्रै नियन्त्रणमा लिन सफल भएको छ । भारतको सिलगुढी निवासी १५ वर्षीय सञ्जु ग्वालालाई प्रहरीले पक्राउ गरेको भएपनि दुई लाख रुँपैया सहितको झोला भने फेलापार्न सकेको छैन ।

सशस्त्र प्रहरीका निरीक्षक केसीका अनुसार पक्राउ परेको सञ्जु ग्वालालाई सुकौरा जाने रोड अर्थात १९ नम्वर वाहिनीको पश्चिमतर्फको रोड वाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेको सञ्जु ग्वालाले झोला अभियोग स्वीकार गरिसकेको र उसले पैंशा सहितको उक्त झोला भारत सिलगुढी निवासी १७ वर्षीय गोविन्द सिंह भन्ने व्यक्तिलाई दिएको भन्ने वयान दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

फरार रहेका गोविन्द सिंहको खोजि कार्य तिर्व पारिएको प्रहरीले बताएको छ । प्रहरीले भारतवाट आएका व्यक्तिहरुले लुटपाट जन्य घटना बढाएकोले सचेत रहन सर्वसाधारण व्यक्तिहरुमा आग्रह पनि गरेको छ । तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger