|
|
सिसहनियाँ—७ लठहवा निवासी करिब ६० वर्षिय शर्माले चार पृष्ठको सुसाइट नोट लेखेर आत्मा हत्या गरेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिनुभयो ।
सुसाइट नोटमा आत्माहत्याको ठोस कारण नखुलाइएको प्रहरीले जनाएको छ । शर्माको शव घर नजिकैको नालामा फेला परेको थियो ।
सुसाईट नोटमा ईलाका प्रहरी कार्यालय भालुवाङ र सिसहनियाँ प्रहरी चौकीलाई सम्बोधन गर्दै म आफू खुसी आत्महत्या गरेको हुँ यसमा कोही पनि दोषी नभएको उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
सुसाइट नोटमा आफ्नो घर परिवार, श्रीमती, छोरा, छोरी, भाई, बहिनी, इष्टमित्र, स्वास्थ्य चौकीका कर्मचारी, साथीभाईहरुलाई सम्झाई बुझाई गरी गरिएको छ । मृतक शर्माको शव पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र लमही पठाइएको प्रहरीले जनाएको छ । स्रोत: दाङखबरबाट
Post a Comment