Headlines News :
Home » » प्यूठानमा माईक्रोको ठक्करबाट ३ नेपाली सेना गम्भीर घाईते

प्यूठानमा माईक्रोको ठक्करबाट ३ नेपाली सेना गम्भीर घाईते

Written By Unknown on Friday, August 5, 2016 | 11:13 PM


सन्तोषकुमार गुप्ता । साउन २२, भालुवाङ । प्यूठानको दरर्भानमा माईक्रोको ठक्करबाट आज बिहान तीन जना नेपाली सेना गम्भीर घाईते भएका छन् ।



भैरवनाथ गण महाराजगञ्जबाट प्यूठानको खलङ्गा लागि पैदल हिडिरहेका नेपाली सेनालाई भालुवाङबाट प्यूठानको दर्भान जाँदै गरेको ना ३ ख ७०३३ नम्बरको माईक्रोले दरर्भान प्रहरी चौकीको चेक पोष्ट अगाडी ठक्कर दिंदा तीन जना नेपाली सेना गम्भीर घाईते भएका हुन् ।

 माईक्रो ठक्करबाट रापेछाप जिल्ला फलासी—३ का ३३ बर्षीय नेपाली सेनाका लेसनायक यज्ञप्रसाद पौडेल, धादिङ जिल्ला नौँबिसे—९ का ३५ बर्षीय सेनाका लेसनायक धनकुमार थापा र चितवन जिल्ला नेभौली—५ का २५ बर्षीय अञ्चन महतो गम्भीर घाईते हुनु भएको प्रहरी चौकी दरर्भान प्यूठानका प्रहरी नायव निरिक्षक गणेश गिरीले जानकारी दिनु भएको छ । गणका मेजर विकास बानियाको नेतृत्वमा १ सय २७ जना नेपाली सेनाको टोली प्यूठानको खलङ्गामा तालिमको लागि पैदल हिडिरहेको बेला माईक्रोले पछाडीबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

माईक्रोका सह—चालकले अत्याधिक मार्दकपदार्थ सेवन गरी गाडी चलाउँदा उक्त दुर्घटना भएको प्रहरी नायव निरिक्षक गिरीले जानकारी दिनु भयो । ठक्कर दिने गाडी र सह—चालकलाई प्रहरी चौकी दरर्भानले आफ्नो नियन्त्रणमा लिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger