साउन २८ ,सल्यान । यही भाद्र १५ गतेदेखि सल्यान ढाकाडामको जलेखर्क, शिबरथको बाङ्गेलाखुरी हुँदै काठमाण्डौ सम्मका लागि रात्रीकालिन बस सञ्चालन गरिने सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् ।
 |
फाइल तस्बिर |
यात्रुहरुको समस्या लाई मध्यनजर गर्दै सल्यान जिल्लाका पाएक पर्ने बिभिन्न ठाउँ हरुमा शाखा कार्यालय स्थापना गरी आन्तरिक रुढ्हरुमा गाडी संचालन गरेर यात्रुलाई सुविधा पुर्याउने उदेश्य राखेको सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले बागचौरमा स्थापना गर्न लागिरहेको समितिको पहिलो शाखा कार्यालयको तयारी अन्तिम चरणमा पुगेको समितिले बताएको छ ।
हिन्दु नेपालीहरूका घर आगनमा भित्रिदै गरेका विभिन्न चाड पर्वहरुको अवसरमा यात्रुहरुलाई आवतजावत गर्न सहज हुने गरी बागचौर नगरपालिका भित्र र अन्य गाविस हरुमा गाडी सञ्चालन गर्ने तयारी भैरहेको अध्यक्ष लोकमान बुढाथोकीले वताएका छन् ।
पहिलो चरणमा बाग्चौर बाट मर्मपरिकाडाको स्यानिपिप्ली,थारमारे देखि बाफुखोला र बाग्चौर देखि कोटबाराको बाङ्तिरे सम्म सञ्चालन गर्न समितिमा इन्ट्री खुलेका ६ वटा गाडीको लागि गोला प्रथा समेत गरी सकिएको छ ।
गोला प्रथाबाट बा.न .पा १० पिपलनेटाका दामोदर सुनार,क्षायाक्षेत्र ९ का भीम नाथ योगि,शा.न.पा १ शितलपाटिका युवराज थापा,बा.न.पा २ खरिबोटका टिकु मल्ल लगाएतका व्यक्तिहरूले गाडी ल्याउनु हुने भएको छ । नयाँ गाडी आउन बित्तिकै नयाँ रुटहरुमा यातायात सेवा सञ्चालन गरिने छ । स्रोत: सल्लेरी खबरबाट
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment