साउन २८, रोल्पा । रोल्पा प्रहरीले श्रीमतीलाइ खुकुरी प्रहार गरी घाइते वनाउने एक जनालाइ नियन्त्रणमा लिएको छ ।
लिवाङ नगरपालिका–७ धारापानी बस्ने ७५ वर्षका मानसिंह महराले आफ्नै श्रीमती ६५ वर्षिया मन कुमारी महरालाई टाउको र ढाडमा खुकुरी प्रहार गम्भिर घाईते बनाएका हुन । घटना भएको लगत्तै घटनास्थल पुगेको प्रहरीले खुकुरी प्रहार गर्ने मानसिंह महरा लाइ नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका महरासंग घटनावारे अनुसन्धान सुरु गरेको छ । घाइते मनकुमारीको जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगंज रिफर गरिएको छ । स्रोत: इन्द्रेणी अनलाइन
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment