Headlines News :
Home » » दाङको ग्वार खोलाले ट्याक्टर बगायो, खोलामा तीन वटा शव भेटिए, दुई जनाको उपचार हुँदै

दाङको ग्वार खोलाले ट्याक्टर बगायो, खोलामा तीन वटा शव भेटिए, दुई जनाको उपचार हुँदै

Written By Unknown on Thursday, August 11, 2016 | 8:52 AM


नारायण खड्का/साउन २७, दाङ । तुलसीपुर-घोराही सडक खण्डमापर्ने ग्वार खोलामा तीन जनाको शव फेला परेको छ ।


तुलसीपुर-१७ खुम्खानीका ७० वर्षका जुद्धबहादुर विकको मात्रै हाल सम्म पहिचान हुन सकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाँईले जानकारी दिए । बाढीले बगाएको अवस्थामा थप एक जना पुरुष र एक जना महिलाको भने यो खबर तयार पार्दा सम्म पहिचान हुन नसकेको डिएसपी प्रसाँईले बताए ।

घोराही वाट तुलसीपुरतर्फ आउदै रा १ त ११४२ नम्वरको टेक्टर बगेको र मृतक पुरुष व्यक्ति ट्रेक्टरमा सवार हुन सक्ने प्रहरीले बताएको छ । प्रहरीले ट्रेक्टरमा सवार थप दुई जना व्यक्ति घाईते भएको र उनीहरुको उपचार राप्ती अञ्चल अस्पतालमा भइरहेको प्रहरीले बताए ।

घाइते मध्ये एकजना टेक्टरमा सवार पुरन विश्वकर्मा रहेको प्रहरीले बताएको छ । अर्काको भने नाम खुल्न सकेको छैन । अन्य बगेको व्यक्तिहरुलाई भने प्रहरीले उद्धार गरेको थियो ।

त्यसैगरी ग्वारखोलामै थप एकजना महिलाको शव फेला परेको छ । बिजौरीको कुटिचौर भन्ने स्थानमा खोलाले बगाएको अवस्थामा ती महिलाको शव फेला परेको हो । शव प्रकृति हेर्दा शव केही दिन पहिले कै हुन सक्ने प्रहरीले बताएको छ ।

यसैविच पुरन्धारा ४ बस्ने ५८ वर्षको लालवहादुर केसीले रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger