Headlines News :
Home » » एक बर्ष कैद सजाय तोकिएकी दाङकि एक महिला डेढ महिनापछि प्रहरी फन्दामा

एक बर्ष कैद सजाय तोकिएकी दाङकि एक महिला डेढ महिनापछि प्रहरी फन्दामा

Written By Unknown on Thursday, August 11, 2016 | 12:55 AM


साउन २७, दाङ । आर्थीक ठगी गरेको ठहर भएपछि अदालतबाट कैद फैसला भएको तर फरार रहेका एक महिलालाई दाङमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेनदेन कसुरमा बिगो नतिरेको भन्दै दाङ देउखुरी जिल्ला अदालतले २०७३ साल साउन ६ गते एक बर्ष कैद सजाय सुनाएका रोल्पा गैरीगाउँ ६ बस्ने २५ बर्षिया हर्कमाया बिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घोराही नगरपालीका वडा नम्बर ११ भृकुटिनगर बस्ने पुजा नेपालीको निवेदनका आधारमा ठगी गरेर रकम नतिरेको ठहर गर्दै अदालतले एक बर्ष कैद सजाय सुनाएको थियो तर फरार विकलाई झण्डै डेढ महिना पछि प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको बिशेष प्रहरी टोलीले विकलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । स्रोत: तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger