|
|
रोल्पाको जितबाङ गाउँबाट भारतको हिमान्चल राज्यमा सडक निर्माणको काम गर्न गएका एकै परिवारका ६ सदस्यको मृत्यु भएको हो ।
हिमान्चलको राजधानी सिमलाबाट १२ घण्टाको सवारी दुरीमा रहेको रामपुर गाउँमा सडक निर्माणको काम गरिरहेका बेला हिम पहिरोबाट पुरिएर उनीहरुको मत्यु भएको न्युकेरला डटकमले जनाएको छ । मृत्यु हुनेहरुमा ४५ बर्षीय लक्षीराम सहित उनकी श्रीमती देवकुमारी र नाबालाक ३ छोराछोरीको घटनास्थलमैं निधन भएको छ ।
मनालीस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष शाइला लामाका अनुसार, मृत्यु हुनेमा ११ बर्षीय परशु, ७ बर्षिया सुनिता, ६ बर्षीय सुरज र ४ बर्षीय कर्णबहादुर छन् ।
यो घटना शुक्रबार रातीको भए प पनि ढिलो गरी जानकारी पाएको लामाले जानकारी दिए । उनले मृतक नेपालीको पहिचान खुलाउने र राहत–क्षतिपूर्तीको प्रबन्ध गराउनेतर्फ लागेको बताए । मृतकको थर मगर हुन सक्ने भएपनि पहिचान पत्र फेला नपरी जिल्लामा खबर गर्न नसकिएको उनले बताए । -नेपालीआउटलुक अनलाइनबाट
Post a Comment