Headlines News :
Home » » प्युठानका लागि छुटेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो (नामावली सहित)

प्युठानका लागि छुटेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो (नामावली सहित)

Written By Unknown on Sunday, August 28, 2016 | 7:08 AM


भदौ १२, अर्घाखाँची । अर्घाखाँची हंसपुर गाविसको रतनमारेमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
६ जना घाईते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । सन्धिर्खकबाट त्युठानको बादीकोटका लागी आईतवार दिउसो १ बजे छुटेको ग १ ज ४८७८ नम्वरको यात्रुबाहक जीप रतनमारेमा दुर्घटना हुदाँ ११ जना मृत्यु भएको हो । ९ जनाको घटनास्थलमा र २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गुल्मी भनभने १ का ५९ वर्षिय बुद्धि बहादुर परियार, प्युठान बाङ्गेमरोठ ८ का ६८ वर्षिय शोभा सिंह रोका मगर, अर्घाखाँची जिल्ला हसपुर ४ का ३५ वर्षिय मिन बहादुर केसी,अर्घाखाँची हसपुर १ का ३६ वर्षिय देव बहादुर थापा मगर, अर्घाखाँची जिल्ला सनपा ११ किमडाँडाका नारायण बहादुर राना, गुल्मी जिल्ला पुर्कोटदह ८ का ५९ वर्षिय भेष बहादुर थापा मगर,अर्घाखाँची जिल्ला धारापानी ६ की ३६ वर्षिय कमला पौडेल,गुल्मी जिल्ला पुर्कोटदद ४ निवासी ३७ वर्षिय जिव बहादुर कुवर रहनु भएको छ ।

त्यस्तै अर्घाखाँची हसपुर ५ बस्ने ४५ वर्षिय हुम बहादुर घर्तिमगर,अर्घाखाँची असपुर २ का ४५ वर्षिय राम बहादुर घर्तिमगर र अर्घाखाँची सनपा २ बस्ने ३२ वर्षिय सिता नेपालीको मृत्यु भएको घटनास्थलमा पुग्नु भएका प्रहरी निरिक्षक सुजन कुमारराज भण्डारीले जानाकारी दिनुभयो । मृतक मध्ये कमला पौडेल र जिवबहादुर कुवरको उपचारको क्रम जिल्ला अपस्तालमा मृत्यु भएको हो ।

घाईते त्युठान बाधिकोटका जिवलाल प्रोखरेल,सन्धिखर्क नगरपालीका १ का अर्जुन खनाल,खन ७ सितका सुरज खनाल र पुर्कोटदह ४ का यमलाल कुवरको सन्धिखर्क जिल्ला अपस्ताल अर्घाखाँचीमा उपचार हुन नसकेपछि थप उपचार लागी बुटवल रिर्फर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानाकारी दिनुभयो । धारापानी ६ की मुना पौडेल र धारापानी ६ कै कविता पौडेलको जिल्ला अपस्ताल अर्घाखाँचीमा उपचार भईरहेको छ । गाडी चालक प्रहरी हिरासतमा रहेका छन् ।

उकालोमा गाडीको बे्रक फेल भएर दुर्घटना भएको पौडेलले जानाकारी दिनुभयो । सन्धिखर्क सदरमुकाम देखी झन्डै ३० किलोमिटर पश्चिममा दुर्घटना भएको हो । गाडीमा १६ जना सवार रहेका थिए । -गणेश खनाल/गोरखापत्रअनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger