Headlines News :
Home » » दाङकि एक महिलाले आफ्नै ५ बर्षीय छोरालाई बिष खुवाएर आत्महत्या

दाङकि एक महिलाले आफ्नै ५ बर्षीय छोरालाई बिष खुवाएर आत्महत्या

Written By Unknown on Thursday, September 1, 2016 | 6:04 AM


भदौ १६, दाङ । तुलसीपुरमा एकजना आमाले आफ्नो सन्तानलाई विष खुवाएर आफुले समेत विष खाएर आत्महत्या गरेकी छन् । आमाको मृत्यु भएको भएपनि छोराको भने कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार तुलसलीपुर ९ दोघरे निवासी २६ वर्षीया हिमा थापाले ५ वर्षीय छोरा प्रदिप थापालाई विष खुवाएर आफुले पनि विष खाएकी थिइन । विष खाएर गम्भिर अवस्थामा राप्ती अञ्चल अस्पताल पुर्याएका उनीहरुलाई प्रारम्भिक उपचारपछि तत्काल थप उपचाकार बाँकेको कोहलपुर लगिएको थियो ।

उपचाकार क्रममा हिमाको भने मृत्यु भइसकेको छ । तर उनका पाँच वर्षीय छोराको श्वास्थ्य अवस्था भने क्रमिक रुपमा सुधार उन्मुख रहेको भन्ने खबर प्राप्त भएको छ । हिमाले गत भदौ १४ गते विहान सवा १० बजेतिर पहिले छोरालाई विष खुवाएर पछि आफुले विष खाएको प्रहरीले बताएको छ ।

आमा हिमाले किन आफ्नै सञ्तानलाई जवरजस्ति विष घुटाएर आफुले पनि विष खाएकी हुन भन्ने वारेमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । उनका श्रीमान भने ट्रेक्टरका चालक रहेको प्रहरीले बताएको छ । -तुलसीपुर अनलाइनबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger