|
|
कार्यालय प्रमुख नेपाली र सुब्बा लुईटेललाई प्रहरीले सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कार्यालय प्रमुख नेपाली र सुब्वा लुईटेललाई प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला प्रसासन कार्यालय दाङमा वुझाएको छ ।
गढवा गाविस वडा नं. ३ वनकट्टी निवासी ७२ वर्षीय कुर्धा कामी आफ्ना ४२ वर्षीय छोराको नागरिकता वनाउन ईलाका प्रसासन कार्यालय लमहीमा पुगेको थिए । तर उनीहरुसंग पाँच हजार रुपैयाँ वुझाएपछी मात्रै नागरिकता वनाईदिने कार्यालय प्रमुख नेपालीले वताएपछि कामीले नागरिकता बनाउन ऋण कारेका थिए ।
सोही अनुसार ऋण कारेर पाँच हजार रकम घुस वुझाएको कामीले राजनीतिक दल, पत्रकार र प्रहरी समक्ष वताए । कुर्धा नेपाली नागरिकता बनाउन प्रशासनले पाँच हजार घुस माग गरेको नेकपा एमाले दाङ क्षेत्र नं. १ का अध्यक्ष रतन कुमार केसीलाई वताएका थिए । त्यसपछि केसीले नै घुस वाफत वुझाउने पाँच हजार रकमको फोटोकपी गर्न लगाएका थिए ।
घुस वाफत वुझाएको पाँच हजार रुपैयाँको फोटोकपी सहीत घुस वुझाउने कामी र एमालेका अध्यक्ष रतन कुमार केसीले कार्यालय प्रमुखसंग सवाल जवाफ गर्न थालेपछी कार्यालय प्रमुख नेपालीले घुस वाफतको रकम श्रीमतीसंग मगाएपछी घुस वुझेको थप पुष्टि भएको हो ।
वाँकी तिन हजार रुपैयाँ नभेटीएको प्रहरीले वताएको छ । प्रहरीले कार्यालय प्रमुख नेपाली र सुब्वा लुईटेललाई नियन्त्रणमा लिएर जिल्ला प्रसासन कार्यालय दाङमा वुझाएको छ । यस अघि पनि नागरिकता वनाईदिने भन्दै सेवा ग्राहीवाट ईलाका प्रसासन कार्यालयमा घुस लेन देन चलेको फेला परेको थियो । तुलसीपुर अनलाइनबाट
Post a Comment