Headlines News :
Home » » नयाँ फोन आएपछि ह्वात्तै घट्यो iPhone 6s को मूल्य !

नयाँ फोन आएपछि ह्वात्तै घट्यो iPhone 6s को मूल्य !

Written By Unknown on Thursday, September 15, 2016 | 6:16 AM


काठमाडौँ । नयाँ फोन iPhone 7 लन्च भएपछी अनलाइन सपिंग साइटहरुले iPhone 6S र Plus को मूल्यमा भारी छुट दिन थालेका छन् । अनलाइनमा नयाँ आइफोनको मूल्य ३५ हजारसम्मको छुट दिईएको छ ।
यसै बर्ष कम्पनीले ४ इन्चको डिस्प्ले भएको स्मार्टफोन iPhone SE को मूल्य पनि घटाएको थियो । बजारमा फोनको मूल्य उस्तै रहे पनि नयाँ आइफोन आएसँगै अनलाइन रिटेलर्समा कम मूल्यमा आइफोन बेच्न थालिएको छ ।

नेपालमा आइफोन ७ आइसकेको छैन । भारतमा अनलाइन मार्फत आइफोन 6S र plus किन्दा २२,००० भारतीय मूल्यसम्मको छुट पाउन सकिन्छ । मीडिया रिपोर्टको अनुसार केहि ई-कमर्स वेबसाइटहरुमा पछिल्लो केहि दिनदेखि iPhone 6S र 6S Plus कम मूल्यमा बेच्दैछन् ।

भारतमा यस अघि iPhone 6S Plus (128GB) 92,000 मा बेचिदै आएको थियो । तर यसको मूल्य एक्कासी २२००० आइसी घटेर ७०,००० मा झरेको छ । त्यस्तै iPhone 6S (128GB) 82,000 रुपयाँ पर्ने गरेकोमा अब यसको मूल्य 60,000 रुपयाँमै पाउन थालिएको छ ।

यसै अनुपातमा नेपालमा पनि बिभिन्न अनलाइन मार्फत फोन अर्डर गर्न सकिन्छ । अहिले ख्यातीप्राप्त इबे मार्फत आइफोन 6S (16GB) किन्दा 475$ देखि 600$ सम्म पाउन सकिन्छ । त्यस्तै अन्य अनलाईन वेबसाइट मार्फत पनि घटेको मूल्यमा आइफोन किन्न सकिन्छ ।

नेपालमा नयाँ iPhone 7S यही अक्टोबरपछी आउंदैछ । नेपालीहरुले पनि अनलाइन मार्फत अनलाइन मार्फत मोबाइल किन्न सक्छन । अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै अनलाइन मार्फत मोबाइल किन्न सक्छन । साझासबालबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger