Headlines News :
Home » » रोल्पामा बहुला कुकुरको आतंक: दुईको मृत्यु, १५ जना घाइते

रोल्पामा बहुला कुकुरको आतंक: दुईको मृत्यु, १५ जना घाइते

Written By Unknown on Tuesday, September 20, 2016 | 7:13 AM


नवीन लोचनमगर/असोज ४, रोल्पा । बहुला कुकुरको टोकाईबाट रोल्पामा २ जनाको ज्यान गएको छ । पूर्वी रोल्पाको सिर्प –५, सिमगिठाका ५३ वर्षिय हीराबहादुर पुन र ६५ वर्षिय खरवीर पुनको मृत्यु भएको स्थानीय नेमबहादुर खड्काले जानकारी दिए ।

हीराबहादुर पुनको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको थियो भने खरवीर पुनको मंगलबार घरमै मृत्यु भएको हो । खड्काका अनुसार गत भाद्र ९ गते सिर्प –५, कै श्यामबहादुर पुनको कुकुर बहुलाएर सोही गाउँका १७ जना मानिस र ६ वटा पशुचौपायलाई टोकेको थियो । तर, यतिधेरै क्षति भइसक्दा पनि उक्त घटनालाई प्रहरीमा समेत खबर नगरी गाउँमै घाइतेहरुको उपचार कुकुर मालिकले गर्ने शर्तमा मिलापत्र गरिएको थियो ।

यस्तो संवेदनशील विषयमा समेत गाउँमै मिलापत्र गर्नुले मानवीय क्षतिसम्मको दुखद् घटना व्यहोर्नुपरेको स्थानीय बताउँछन् । यसबारेमा जिल्ला पशु सेवा कार्यालय रोल्पाले भने आफूलाई कुनै जानकारी नै नभएको बताएको छ । जिल्ला पशु सेवा कार्यालय रोल्पाका पशु चिकित्सक निमबहादुर सिंहले यसबारेमा सोधखोज गर्दा दक्ष स्वास्थ्यकर्मीहरुबाट भ्याक्सिन सही तवरले नलगाईएको र पुरा डोज भ्याक्सिन समेत नलगाईएको कारणले यस्तो घटना घटेको बताए । ¥याल काढनु, रिंगटा लाग्नु रेविजकै लक्षण भएकाले यसबारेमा गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

मंगलबार दिउसोमात्र आफूले यसबारेमा जानकारी पाएकाले जिल्ला पशुसेवा कार्यालय रोल्पाले तत्कालै सोही स्थानमा सम्पूर्ण कुराको जानकारी र सही उपचार दिने पशु चिकित्सक सिंहले बताए ।

घाइतेको अवस्था
कुकुरको टोकाईबाट घाइते १७ जनामध्ये २ जनाको ज्यान गइसकेको छ भने तीनजना गम्भिर अवस्थामा छन् । मृतकहरुकोझैं ती तीनजनाको पनि ¥याल काढ्ने, आङ सिल्किने लक्षण भएकोले अवस्था थप जटिल बन्नसक्ने स्थानीय नेमबहादुर खड्का बताउँछन् । ती गम्भीर प्रकृतिका तीनजना विरामीलाई बुधबार बिहान १० बजे सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि स्वास्थ्यकर्मीले बोलाएको बताइएको छ ।
केही घाइतेहरुले स्वास्थ्य केन्द्र सुलिचौरबाट भ्याक्सिन लगाएर समेत फर्किएको तर पुनः स्वास्थ्य संस्था ती विरामीहरु नफर्किएको स्वाथ्यचौकीले बताएको छ ।

बहुलाएको कुकुरलाई स्थानीयले मारेका छन् । विरामीहरुको स्वास्थ्यलाई ख्याल नगरी गाउँमै मिलाउनु गलत भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।
घटना भएको थाहा पाएलगत्तै प्रहरी पठाइएको र आवश्यक अनुसन्धान गरिने प्रहरी प्रमुख घर्तीमगरले बताए । दाङखबर अनलाइनबाट 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger