|
|
झ्यालबाट बाहिर हेरेको भन्दै शिक्षक सुवास पाण्डेले विद्यार्थी अनिश बस्नेतलाई कुट्न थालेपछि विद्यार्थीले छेक्न खोजेका थिए । तर शिक्षक पाण्डेले अनिशलाई अर्को कोठामा एक्लै लगेर पाइपले निर्घात रुपमा कुटेको अभिभावकले बताएका छन् । शिक्षकबाट गल्ति भएको विद्यालयका प्रिन्सीपल मानसिङ घर्तीले स्वीकार गरेका छन् । साथै उनले अभिभावकको सल्लाहमा शिक्षकलाई आवश्यक कारबाही हुने पनि बताएका छन् ।
यता विद्यार्थीका अभिभावकले दोषि शिक्षक माथि कडा कारबाही हुनुपर्ने, विद्यार्थीले सवार्दपूर्ण वातावरणमा पढ्न पाउनुपर्ने बताएका छन् । “पहिलो कुरा शिक्षकलाई कारबाही हुनुप-यो त्यसपछि विद्यार्थीको मानसिकता र शैक्षिक क्रियाकलापमा असर नपर्ने सुनिश्चित हुनुप-यो”, अनिशका बुवाले भने । यदी यो सुनिश्चित भएन भने हामी जहाँ जान पनि तयार छौँ ।”
यता विद्यालयले भने शिक्षकलाई कारबाही गर्नुको साटो मिलेर जानुपर्ने बताएको छ । गल्ति स्वीकार गरे पनि कार्वाही भन्दा पनि मिलेर जानुपर्ने विद्यालयका प्रिन्सीपल मानसिङ घर्तीले बताए ।
यस विषयमा शनिबार थप छलफल हुने विद्यालय र अनिशका अभिभावकले बताएका छन् । यसैबीच अनिशका अविभावक मुद्धा दर्ताका लागि जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगे पनि प्रहरीले मुद्धा दर्ता गर्न अस्वीकार गरेको अभिभावकले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय घोराहीले भने विद्यालयका प्रिन्सीपलको निवेदन भए मात्र मुद्धा दर्ता हुने बताएको छ कानून अनुसार प्रिन्सिपलको निवेदन विना मुद्धा दर्ता गर्ने व्यवस्था नभएको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले तुलुसीपुर अनलाइनलाई जानकारी दिए ।
विद्यार्थी कुट्ने शिक्षकको चौतर्फी निन्दा, कारवाहीको माग
यसैबीच घटनाको तस्वीर हेर्दा पनि निकै निन्दनिय भएकाले घटनाको घोर भत्र्सना गदै दोषि उपर कडा कारबाहीे गर्न अनेरास्ववियू दाङले माग गरेको छ ।
अनेरास्ववियू दाङका अध्यक्ष बिरबल खड्काले शुक्रबार एक विज्ञप्ती जारी गरी घटनाका दोषि उपर कडा कारबाही नभए आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ । विद्यालय जस्तो प्राज्ञिक ठाउँमा निर्घात विद्यार्थी कुटीनु र सम्बन्धीत पक्ष मौन बस्नु लाजमर्दो विषय भएको जनाएको छ ।
यसैविच अखिल क्रान्तिकारी दाङले एक विज्ञप्ती जारी अमानविय व्यावहारको कडा आलोचना गरेको छ । संगठनका जिल्ला अध्यक्ष हेमन्त जिसी र सचिव मदन केसीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा कुटपिटमा संलग्न शिक्षकलाई कार्वाहीको माग गरिएको छ । -तुलसीपुर अनलाइनबाट
Post a Comment