Headlines News :
Home » » दाङमा गोलि चल्यो, प्रहरीको गोलि लागि एकजना घाईते, ६ जना पक्राउ

दाङमा गोलि चल्यो, प्रहरीको गोलि लागि एकजना घाईते, ६ जना पक्राउ

Written By Unknown on Friday, September 9, 2016 | 10:06 PM


नारायण खड्का/भदौ २५, दाङ । दाङमा प्रहरीको गोली वाट एकजना गुण्डा घाईते भएका छन् । प्रहरीको गोलीवाट रामपुर ९ निवासी २७ वर्षीय दानवहादुर बुढा घाईते भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।



बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको हाल राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको पनि एसपी सिंहले जानकारी दिए । प्रहरीका अनुसार शुक्रवार राति साढे १२ बजे तुलसीपुर-घोराही सडक खण्डको ग्वारखोला नजिकै पाँचजनाको संख्यामा रहेको गुण्डाहरुको समुहले गस्तिमा रहेको प्रहरी टोलीमाथि पहिले जाईलागेका थिए ।

त्यसपछि प्रहरीले प्रतिरक्षाकोलागि गोली चलाउनु परेको एसपी सिंहले बताए । घटनास्थलवाट दुईथान खुकुरी र प्रहरीलाई आक्रमणगर्ने थप पाँच जना युवाहरुलाई पनि पक्राउ गरेको छ ।

पक्राउपर्ने अन्य चारजनामा दाङको रामपुर गाविस वडा नं. ९ निवासी २१ वर्षीय रमेश अधिकारी, सोही ठाँउ निवासी १९ वर्षीय उपेन्द्र गिरी, सोही ठाँउकै २२ वर्षीय किरण पोख्रेल र तुलसीपुर नगरपालिका वडा नं. १५ निवासी सागर श्रेष्ठलाई पक्राउ गरिएको एसपी सिंहले जानकारी दिए ।

सागर कटेज सञ्चालक हुन । यसैविच प्रहरीले थप एक जनालाई शनिवार विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको विजौरी निवासी ३५ वर्षीय मुकुन्द पौडेल छन् । उनी घटनाहुँदा होटेलमा वसेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएकोले उनको सम्लग्नता भएनभएको भन्न नसकिने प्रहरीले बताएको छ ।

एसपी सिंहले गोली लागेर घाईते भएका बुढा यसअघिपनि विभिन्न व्यापारीलाई फोनमा धम्किदिने र रकम असुल्ने व्यक्ति भएको खुल्न आएको जानकारी दिए । उनले ग्वारखोलामा हुँदै आएको अबैद्य वालुवा गिट्टी उत्खनन्मा सघाउन आएका युवाहरु हुन कि भन्ने प्रारम्भिक अनुमान गरिएको जानकारी पनि दिए ।

तर ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले तुलसीपुर-घोराही सडक खण्डको सन्ध्या कटेजमा ६ जना मिलेर राति अबेर सम्म मदिरा सेवन गरेको र पछि फेरी उनीहरु ग्वारखोला नजिकको सागर हाईवे कटेजमा आएर मदिरा सेवनका लागि होहल्लागरि साहुलाई आतंकित पारेको खबर प्राप्त भएपछि प्रहरी पुग्दा प्रहरीमाथि नै जाईलागेकोले प्रतिरक्षाको लागि गोली चलाउनु परेको जानकारी दिए ।

डिएसी प्रसाँईले प्रहरी यति राति आउँछ तिमिहरु नक्कली हौ भन्दै प्रहरीको पेस्तोल खोस्न थालेपछि र आक्रमण गरेपछि सुरक्षाका लागि घुँडामुनी गोलि हानिएको जानकारी दिए । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger