Headlines News :
Home » » दाङका पत्रकार छत्र परियारलाई बचाउँन एक सय रुपैयाँ अभियान सुरु

दाङका पत्रकार छत्र परियारलाई बचाउँन एक सय रुपैयाँ अभियान सुरु

Written By Unknown on Friday, September 23, 2016 | 6:06 AM


जनक नेपाली/असोज ७, दाङ । राजपुर ९ भौवानाका निवासी पत्रकार छत्र परियार वचाउँ अभियान अन्तरगत ‘के तपाई सय रुपैयाँ’ छ – अभियान दाङमा सुरु गरिएको छ ।

घोराही नगरपालीकमा कार्यरत घोराही १० कपासी निवासी राधा रिजालले अभियानका संयोजक जनक नेपालीलाई एक सय पचाँस रुपैयाँ हस्तान्तर संगै अभियानको सुरु गरिएको थियो ।

अभियान सुरु भएसंगै परियारको उपचारका लागि पत्रकार महासंघ दाङका अध्यक्ष सूदीप गौतम , महासंघ दाङका पुर्वउपाध्यक्ष एवं प्रेस सेन्टरका केन्द्रिय सदस्य नरेन्द्र केसी, पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, अधिकारकर्मी विनोद केसी, इन्द्रेणी अनलाइनका प्रधान सम्पादक केशरमान बुढाथोकी, पत्रकार निशानदाजु भट्राई, कालागाउँ ७ सल्यान हाल घोराही ११ बस्ने चन्द्राबस्नेत, युवा व्यावसायी महेन्द्र वुढाथोकी, अनिता केसीले एक सय/एकसय रुपैयाँ संयोजक जनक नेपालीलाई हस्तान्तर  गर्नुभएको थियो ।

परियारको उपचारका लागि  हाल सम्म एकहजार सय पचाँस रुपैयाँ सहयोग सङकलन गरिएको छ । त्यस अवसरका पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमले यो अभियान सानो देखियता पनि यसले ठुलै महत्व बोकेको वताउँनुभयो ।

समाजमा पछाडी पारिएका वर्ग समुदायका लागि पत्रकारिताले गरिवहरुको आवाज बनेर बोलेको उल्लेख गर्नुभयो । यस्तै पुर्व उपाध्यक्ष नरेन्द्र केसी छत्रको उपचारका  सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

आर्थिक अबस्था कमजोर हुदाँ क्यान्सर पिडित परियारको ज्यान गुमाउने अबस्थामा पुगेको बताउँदै त्यसका लागि सबैले सहयोग गर्नु अपिल गरिएको छ । पत्रकारीतासंगै साङ्गितिक क्षेत्रमा  लागेका परियार अहिले क्यान्सरबाट पीडित भएर काठमाण्डौ स्थित टिचिङ अस्पतालको शैयामा छन ।

अस्पतालमा उपचार त भइराखेको छ तर आर्थिक अभावले उनलाई अस्पतालले थप उपचार गर्न अस्वीकार गरेपछि  उनले जीवनको भिख मागिरहेका छन । काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार गराइरहेका उनी थप उपचार गर्ने पैसा नभएपछि विरामी अवस्थामै अस्पताल छाडेर घर आउने तरखरमा छन ।

दैनिक ५ हजारको दरले उपचार गराउनु पर्ने उनी श्रीमती पिमा परियारले वताउानुभयो । –‘अहिले औषधी खानलाई पैसा समेत छैन । अस्पतालमा दैनिक तीन /चार हजारको औषधी र दैनिक हजार रुपैयाँको वेडचार्ज कसरी तिर्ने त्यसले सबैलाई सहयोग गर्न आग्रह गर्नुभभएको छ ।

सहयोग गर्नका छत्र परियारको दाङ घोराही स्थित हिमालय बैङ्को खाता नं. २०४०६०८९६७००१६ मा सहयोग रकम पठाईदिन हुन आग्रह पिमाले सवैमा आग्रह गर्नुभएको छ । इन्द्रेणी अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger