Headlines News :
Home » » रुकुममा पनि खुल्यो 'सानोभेरी यातायात सेवा समिति, आजैबा सेवा सुरु गर्यो

रुकुममा पनि खुल्यो 'सानोभेरी यातायात सेवा समिति, आजैबा सेवा सुरु गर्यो

Written By Unknown on Friday, September 23, 2016 | 6:30 AM


मेगराज खड्का/असोज ७, रुकुम । रुकुममा अर्को नयाँ यातायात समिति दर्ता भई सेवा समेत सुचारु गरेको छ । सानोभेरी यातायात सेवा समितिले आजबाट यातायात सेवा सुरु गरेको छ ।
२ साता अगाडी खुलेको समितिले आज विभिन्न ठाउँका लागी गाडी छुटाउँदै यातायात सेवा सुरु गरेको हो । आज पहिलो दिन नेपालगञ्ज, काठमाडौं सहित जिल्लाका आधा दर्जन बढी ठाउँका लागी गाडी छुटाईएको समितिका महासचिव वीरवहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार यातायात सेवालाई आगामी दिनमा क्रमिक रुपमा अन्य ठाउँमा पनि विस्तार गर्दै जाने योजना रहेको छ । काठमाण्डौं र नेपालगंजका लागी डिलक्स गाडी र स्थानीय सडकहरुमा जीप संचालन गरिएको छ ।

सानोभेरी यातायात सेवा समितिसंगै रुकुममा यातायात सेवा संचालन गर्ने संस्था चार वटा पुगेका छन् । जिल्लामा यातायात समितिहरु खुल्ने क्रम बढेपछि यात्रुहरुलाई सहज भएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger