|
|
१ महिना अघि स्थानीय गोविन्द पुन र देववहादुर पुनसँग उनको छोरा यामवहादुर पुनको विवाद भए पछि नन्न पुनले वन्दुकले हान्ने प्रयास गरेको आरोप सहितको मुद्दा प्रहरीमा दर्ता भएको थियो । गोविन्द पुन र देववहादुर पुनले उक्त जाहेरी जिल्ला प्रहरी कार्यलय सल्यानमा दर्ता गराएका थिए ।
ईलाका प्रहरी कार्यलयको टोली सोमवार विहान नन्न पुनको घरमा पुगि भरुवा वन्दुक सहित पुनलाई पक्राउ गरेको हो । देववहादुर र गोविन्दले भारतमा मजदुरी गर्न गएको समयमा यामवहादुर संग सामान्य विवाद भएको र घरमा आईपुग्दा बावु नन्न पुनले आफुहरुलाई बन्दुक तेर्साएको आरोप लागेको छ ।
उक्त वेहोराको जाहेरी प्रहरीमा दर्ता भएपछि प्रहरीले पुनको घरमा खानतलासी गरि बन्दुक सहित उनलाई पक्राउ गरेको हो ।
Post a Comment