|
|
अस्पतालमा शल्यक्रिया गरेर बच्चा निकालेको छ दिनमै रोल्पा कोर्चाबाङ ४ घापाकी दिलकुमारी बुढामगर गत १८ गते राती गायब भएपछि हालसम्म सम्पर्कमा नआउँदा बच्चाको बिचल्ली भएको उनका श्रीमान दिनेश बुढामगरले जानकारी दिए ।
प्रसुतीपछि दाङ सौडियार १ अघरामा आफ्नै दाजुको घरमा बसोबास गर्दै आएको भन्दै दिनेशले राती बच्चसँगै सुतेकी दिलकुमारी एकाएक बेपत्ता भएको बताएका छन् । ‘कान्छा, घर जाम भन्दा मानेनौ ।
मलाई नखोज । मेरो उपचार गर्नुभन्दा नगर्नु नै बेस छ । भाई छोरा लगेर राम्रोसँग पाल । कान्छी नन्दलाई राम्रोसँग पढाउनू’, दिलकुमारीले आफ्नो मोबाईलमा एसएमएस लेखेर छाडेको दिनेशले बताए ।
छोरा रोएपछि आफू ब्यूझिदा रातको पौने एक बजेको समयमा श्रीमति नभएको पति दिशेले बताए । ‘शौचालय गएकीछिन कि भनेर खोज्न गएँ, भेटाईन । त्यसपछि घरको वरीपरी मोबाईलको बत्ति बालेर हेरें देखिनं ।’
सन्देश छाडेर उनले मोबाईल पनि कोठामै छाडेकी छन् । उनी कतैपनि नदेखेपछि भाउजुलाई उठाएको र छिमेकी समेतलाई बोलाएर मध्यरातमा गाउँभरी खोज्दा पनि फेला नपरेको बताउँछन् ।
प्रसुतीका लागि दिनेश र दिलकुमारी दाङ घोराही स्थित राप्ती उपक्षेत्रीय अस्पतालमा पुगेका थिए । भदौ १३ गते साँझ पौने ६ बजे शल्यक्रियाद्वारा बच्चा निकालिएको अस्पतालको रेकर्डमा उल्लेख छ । छोरालाई भैंसीको दुध खुवाएर राखिएको र बच्चाको अबस्था राम्रो रहेको बताइएको छ । दाङखबरबाट
Post a Comment