Headlines News :
Home » » दाङमा रेकर्ड नै नराखी एनसेलको सिमकार्ड बेच्ने पाँच जना प्रहरी फन्दामा

दाङमा रेकर्ड नै नराखी एनसेलको सिमकार्ड बेच्ने पाँच जना प्रहरी फन्दामा

Written By Unknown on Friday, September 30, 2016 | 6:58 AM


असोज १४, दाङ । दाङमा प्रहरीले गैरकानुनीरुपमा एनसेलको सिमकार्ड बिक्रि गरेको अभियोगमा सिमकार्ड सहित ५ जनालाई पक्राउ गरेको छ ।

घोराहीबाट २ जना र देउखुरीबाट तीन जना युवाहरुलाई गैरकानुनीरुपमा एनसेलको सिमकार्ड विक्रि गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

एनसेल कम्पनीका सिमकार्डहरु गैरकानुनीरुपमा बिक्री गरिहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले घोराही नगरपालिका ८ बस्ने ३२ बर्षिया पवित्रा बहकारी, लमही नगरपालिका ५ बस्ने २४ बर्षिय भोजराज थापा, सोही ठाउँका १८ बर्षिय अभिषेक पोख्रेल र लालमटिया ८ बस्ने २२ बर्षका पवन पोख्रेललाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिहंले जानकारी दिए ।

एनसेल कम्पनीका सिमकार्डहरु बिक्री गर्दा कानून बमोजिम नागरिकताको प्रतिलिपी, फोटो सहित अन्य बिबरणहरु कुनै उल्लेख नगरि प्रमाणित कागजातहरु नराखी बिक्रि गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको एसपी सिंहले बताए । उनिहरुको साथबाट ३८ वटा एनसेलका सिमकार्ड समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त कार्यले नागरिक सुरक्षामा समेत गम्भीर असर पर्ने भन्दै प्रहरीले एनसेलका ३८ वटा सिमकार्ड र एनसेल डिलर संचालक सल्यान छायाँक्षेत्र २ शंखमुल घर भई हाल घोराही ११ स्थित गौरव टेड्रर्श संचालन गरी बस्ने बिष्भर रेग्मीलाई पक्राउ गरी दुर संचार ऐन बमोजिम आवश्यक कार्वाहीको लागि अनुसन्धान शुरु गरिएको प्रहरीले बिज्ञप्ती जारी गर्दै जनाएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger