Headlines News :
Home » » दुबईमा बिनाकारण यसरी कुटिए नेपाली कामदार, भिडियोमा हेर्नुहोस !

दुबईमा बिनाकारण यसरी कुटिए नेपाली कामदार, भिडियोमा हेर्नुहोस !

Written By Unknown on Friday, September 30, 2016 | 6:22 AM


असोज १४, काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) को फुजेराहमा नेपालीद्धारा सञ्चालित एक रेस्टुरेण्टमा काम गर्ने नेपाली युवालाई त्यसका सञ्चालकले नराम्रोसँग कुटपीट गरेको भिडियो सार्बजनिक भएको छ ।
फुजेराहमा नमस्ते रेष्टुरेण्ट सञ्चालन गर्ने सुजन सापकोटाले आफ्ना कामदारहरुलाई आफूले भनेको नमानेको भन्दै यसरी निर्दयतापूर्वक कुटेका हुन् ।  रेस्टुरेन्ट ब्यवसायी सुजनको अन्य साझेदारहरुसँग असम्झदारी बढेपछि ती कामदारहरुले अर्को साझेदारलाई सहयोग गरी आफुलाई असहयोग गरेको भन्दै उनीहरुको कोठामा गएर बेस्मारी पिटेका थिए ।

उनीहरुले केही महिनाको तलव समेत नपाएको र बिभिन्न आरोपमा दिनहुँ जस्तो पिटाइ खानेगरेका उक्त दिन बिहान काममा नगई कोठामा बसेका थिए ।  घटना पश्चात प्रहरीको कारबाहीमा परेर केही दिन जेलमा समेत बसेर उनले पुनः उक्त ब्यवसाय सञ्चालनमा ल्याएका छन । कुटाइ खाने नेपाली कामदारहरुलाई नेपाल फर्काइएको छ । 

सापकोटाबाट कुटाई खाएका एक नेपालीले आफूहरुलाई विनाकारण यसरी कुटिएको बताए । विदेशी भूमिमा नेपालीबाटै यसरी कुटिंदा समेत आफूहरु निरिह बनेर बस्नु परेको उनको भनाई छ ।

तर  सापकोटाले नेपालमा समेत धम्की दिइरहेको भन्दै उनले आफ्नो परिचय खुलाउन मानेनन् । त्यसैले उनको परिचय गोप्य राखिएको छ ।  देशप्रदेश अनलाइनबाट

(सापकोटाले बोलेका अश्लील शव्दहरुमा बिप राखिएको छ)




Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger