|
|
स्थानीय विकास अधिकारी सुशील बैद्यको नेतृत्वमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राजनीतिक दलका प्रतिनिधि, उद्योग–व्यवसायी र नागरिक समाजका प्रतिनिधि सहभागि टोलीले आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री कृष्णबहादुर महरा, रक्षामन्त्री बालकृष्ण खाँड र संस्कृति, नागरिक उड्यन तथा पर्यटन मन्त्री जीवन बहादुर शाहीलाई भेटेर १८ बुधें ज्ञापन पत्र बुझाएको छ ।
आफ्नो कार्यकक्ष सिंहदरबारमा ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले हिजो परिर्वतनको लागि ठुलो त्याग गरेका रोल्पालीले अहिले बिकास माग्नु उचित भएको बताए । ज्ञापनपत्र मार्फत अघि सारिएका अधिकांश माग पुरा गर्न सकिने खालका भएका भन्दै उनले त्यसको सम्बोधन गर्न आफुले पुरै कोसिस गर्ने प्रतिबद्धता जनाए । अर्थमन्त्री लगायत महत्वपूर्ण भूमिकामा रोल्पाको राम्रो उपस्थिति रहेकाले पनि यि माग पुरा गर्न सहज हुने भन्दै प्रधानमन्त्रीले अब ल्याइने पुरक बजेटमा मागलाई सम्बोधन गर्न कोसिस गर्ने बचन दिए । प्रधामन्त्री प्रचण्डले मागहरुलाई मन्त्रीपरिषदको बैठकमा लगेर छलफल गराउने समेत प्रतिबद्धता जनाए ।
त्यस्तै अर्थमन्त्री कृष्ण बहादुर महराले रोल्पालाई आवश्यक बजेट दिने कुरामा आफुले कुनै कन्जुस्याई नगर्ने बताए । आफ्नै कार्यकक्षमा ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री महराले बिकासमा चासो राखेर सर्वदलीय टोली काठमाडौं आएकोमा खुसी व्यक्त गरे । उनले सबै दललाई बिकासको मुद्धामा एक ढिक्का भएर ठोस योजना बनाउन समेत आग्रह गरे । जिल्लाका सबै राजनीतिक दल मिलेर ठोस योजना बनाइ त्यहीबाट सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाउन आग्रह गर्दै मन्त्री महराले ति पुरा गर्न आफु लागि पर्ने प्रतिबद्धता जनाए ।
संस्कृति, नागरिक उड्यन तथा पर्यटन मन्त्री जीवन बहादुर शाहीले पनि रोल्पालाई सहयोग गर्न आफु पूर्ण रुपमा तयार भएको बताए । उनले अफ्नो मन्त्रालयमा आएका सबै प्रस्ताव अघि बढाउने बताए ।
त्यस्तै रक्षामन्त्री बालकृष्ण खाँडले के कारण बिष्फोटक पदार्थ माग गरिएको प्रस्ताव अघि बढ्न नसकेको हो त्यो बुझेर आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए । रक्षामन्त्री खाँडसँग रोल्पाको श्रीक्याङ भिरमा देखिएको चट्टान फोर्न बिष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक बिष्फोट पदार्थ उपलब्ध गराउन माग गरिएको थियो । त्यस क्रममा रक्षामन्त्री खाँडले सहयोगको लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
सर्वदलीय टोलीले बुझाएको १८ बुदेँ ज्ञापन पत्रमा प्रत्येक गा.वि.स जोड्ने जिल्लाका सडकको निर्माण तथा स्तरोन्नति, बाढी पहिरोबाट क्षती भएका सडकहरु मर्मत र बिभिन्न स्थानमा २३ वटा मोटरेबल पुलहरु निर्माण गर्न आवश्य बजेट छुट्याउन माग गरिएको छ । बर्षौदेखि अलपत्र रहेको माडीखोलामा निर्माणाधीन माटेरेबल पुलको निर्माण कार्य तत्काल अगाडि बढाउनु पर्ने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै पर्यटन पूर्वाधार तथा प्रर्वधनात्मक कार्यक्रमका लागि आवश्यक बजेट माग गरिएको छ । जस अन्र्तग गुरील्ला ट्रेकीङ रुटको बिकास, युद्ध पर्यटन प्रर्वधनका लागि पूर्वाधार बिकासको लागि बजेट माग गरिएको छ । त्यस्तै जलजला, स्वर्गद्वारी महाप्रभुको जन्म स्थान रुन्टी लगायत क्षेत्रको गुरुयोजना तथा पूर्वाधार निर्माणको लागि बजेट माग गरिएको छ । बडाचौर एयरपोर्ट पुनःनिर्माण लागि समेत आवश्यक बजेटको माग गरिएको छ ।
१३२ केभी प्रशारण लाइन माडीचौर र पोबाङसम्म बिस्तार गर्नुपर्ने र माडी जलविद्युत योजना यथासक्य कार्यान्वय हुनपर्ने माग गरिएको छ । साथै लुंग्री लगायतका अन्य स्थानहरुमा सम्भाव्यता अध्ययन गरी योजना शुरु गर्न पनि भनिएको छ ।
त्यस्तै प्रारम्भिक बाल विकास कक्षाका लागि १६३, प्रा.वि.तह ४९, नि.मा.वि.तह २०१, मा.वि. तह १६९ र उच्च माविमा ६ गरी जम्मा ५८८ शिक्षक दरवन्दी थप गर्नुपर्ने र जिल्लामा रहेका तीनवटै क्याम्पसहरुलाई आंगिक क्याम्पस बनाउनुपर्ने माग गरिएको छ ।
विभिन्न खानेपानी योजनाहरु निर्माण तथा पुनःनिर्माण, सिंचाइ योजनाहरु निर्मा, कृषि तथा पशुजन्य उत्पादन पकेट क्षेत्र विकासका लागि आवश्यक रकम विनियोजन गरी कार्यक्रम संचालन गर्न माग गरिएको छ ।
जिल्ला अस्पतालमा अत्याधुनिक डिजिटल प्रविधिका उपकरणहरु उपलव्ध हुनु पर्ने र विशेषज्ञ डाक्टरको दरवन्दी सिर्जना गरिनुपर्ने, घर्तीगाउँमा रहेको स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्यकेन्द्रमा स्तरोन्नति गर्नुपर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै जिल्ला सदरमुकाम लिबाङ, जिल्लाको प्रमुख व्यापारिक केन्द्र सुलिचौर घर्तीगाउँमा व्यवस्थित स्यानिटरी ल्याण्डफिल साइट निर्माणका लागि आवश्यक रकम माग गरिएको छ ।
लोकतन्त्र र शान्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरीरहेका र हाल प्रकाशन ÷प्रशारणमा कठिनाई भोगिरहेका जिल्लाका संचार माध्यमको प्रवर्धनका लागि आवश्यक बजेट बिनियोजन हुनुपर्ने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
टोलीले सोमबार पनि आफ्नो भेटघाट जारी राख्ने भएको छ । रोल्पाको समग्र बिकासलाई लिएर सोमवार उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ति लगाएतलाई भेट्ने कार्यक्रम तय गरिएको छ ।
टोलीमा स्थानीय विकास अधिकारी सुशील बैद्यको नेतृत्वमा सांसदहरु गोकुलप्रसाद घर्तीमगर र अमरसिंह पुनमगर छन् । राजनीतिक दलको प्रतिनिधित्व गर्दै काँग्रेसबाट किशोरकुमार आचार्य, एमालेबाट अध्यक्ष हरिप्रसाद घर्तीमगर, माआवादी केन्द्रबाट जिल्ला इन्चाज दीपेन्द्रकुमार पुन, राप्रपा नेपालबाट अध्यक्ष टिकाबहादुर वली, रा.प्र.पा.बाट अध्यक्ष अमरबहादुर थापा र रा.ज.मो.बाट अध्यक्ष मेघनाथ विष्ट
छन् । त्यस्तै जिल्ला बिकास समिति अन्र्तगत पर्यटन फोकल पर्सन दिपक डाँगी, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदी, गैरसरकारी संस्था महासंघका अध्यक्ष कर्णबहादुर बाँठा र नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने छन् ।
त्यस्तै टोलीमा रोल्पाबाट राजधानीमा आएर पत्रकारिता गरिरहेका किरन आचार्य, मनोज घर्तिमगर, रामकुमार डाँगी, रोहित केसी र तेजु बिष्ट पनि सहभागि छन् ।
Post a Comment