|
|
करिब तीन वर्ष पहिलोदेखि मानसिक रुपमा अस्वस्थ भएका पुन केही हप्तायता अली बढी बिरामी परेको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।
सँगै सुतेका पति बिहान उठ्दा कोठामा नदेखेपछि श्रीमती पूर्णकुमारी र परिवारले खोजी गरेका थिए । श्रीमती निदाएको अवस्थामा मध्यरातमा घरबाट निस्किएका पुनको घरदेखि करिब चार किलोमिटर टाढाको खोलामा शव फेला परेको हो ।
खोलाको बीच भागमा पुनको शव ढुङ्गामा अड्किएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कृतिमानको के कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा राखिएको छ । रासस
Post a Comment