|
|
तुलसीपुरको ‘घ’ लाईन स्थित बागेश्वरी सुन चाँदी पसलवाट एकजना महिलाले पसल साहुलाई झुक्काएर सुनको सिक्रि लगेको जाहेरी प्रहरीमा परेको छ ।
पसलका प्रोप्राईटर इन्द्रविर डाँगीले ग्राहकको रुपमा पसलमा आएकी एकजना बच्चासहितकी महिलाले गरगहना हेरेपछि सुनको सिक्रि झुक्काएर लगेको बताए । ती महिलाले एक तोलाको सिक्रि हेरेपछि मन परेको भन्दै लैजाने बताएकी थिइन । र उनले पसलेले सुनको सिक्रि दिएपछि क्रिष्टलको माला उन्न लगाएकी थिइन ।
त्यसैक्रममा उनले सुनको सिक्रि लुकाएर हातमै मुठ्ठी पारेकी थिइन । त्यो दृष्य सिसी क्यामेराको फुटेजमा स्पष्ट देखिन्छ । प्रोप्राईटर डाँगीका अनुसार एउटा माला उनेर तयार भएपछि फेरि अर्कोपनि क्रिष्टलको माला उन्न लगाई साहुलाई व्यस्त तुल्याउँदै झुक्काएर सुनको सिक्रि लगेको सिसी क्यामेराको फूटेजमा पनि स्पष्ट देखिएको छ ।
काखमा बच्चा सहित आएकी ती महिलाले गत भदौ १२ गते आइतवारका दिन सुनको सिक्रि हेरेपछि पसल साहुले दिएको सिक्रि राख्ने सानो झोलावाट निकालेर हातमै मुठ्ठि पारेर लुकाएको र साहुलाई झुक्काएर सिक्रि राख्ने झोला मात्रै दिएको स्पष्ट सिसी क्यामेराको फुटेजमा देखिएको छ ।
तर त्यसपछिपनि ती महिला साहुलाई विश्वास दिलाउन धेरैवेर सोही पसलमा बसेको देखिन्छ । तर ति महिलाले दोस्रो क्रिष्टलको माला पनि तयार हुँदैगर्दा भने दुईहजार रुँपैया पेश्कि दिँदै आफु एकैछिन बुटिकमा पुगेर आउने आश्वासन दिएकी थिइन ।
त्यहाँवाट फर्केपछि सिक्रि र किष्टलको मालाहरु लैजाने बताएकी ती महिला त्यसपछि भने उक्त पसलमा फर्कैर आइनन् । सिक्रि र माला लिन धेरै वेर नआएपछि बागेश्वरी सुनचाँदी पसलका प्रोप्राईटर इन्दविर डाँगीको अनि बल्ल झल्यास्स भए । अनि उनले सिक्रिराख्ने बट्टा र झोला चेकगर्दा त्यहाँ सुनको सिक्रि थिएन । त्यसपछि ती झुक्काएर लगेको बल्ल थाहाँ पाए ।
त्यसअघि सम्म ती महिलाले बाबु इन्द्रविर र छोरा कमल डाँगीलाई झुक्काएको उनीहरुले चाल पाएकै थिएनन् । पसल सञ्चालकको ठूलो कमजोरी महिलाले फिर्ता दिएको सुनको सिक्रि राख्ने सानो झोला चेक नगर्नु पनि थियो । त्यहाँ उनीहर वढी विश्वासमा परेको देखिन्छ । तर जतिबेला उनीहरुले महिलाले झुक्काएर गहना लगेको थाहाँपाए त्यतिवेला ढिला भईसेको थियो ।
डाँगीका बाबुछोरा पसलमै भएपनि साँझ परिसकेकोले बजारमा कता खोज्ने त्यो संभव थिएन । उनीहरुले तत्काल प्रहरीलाई खबर गरे । प्रहरीले सिसी क्यामेराको फुटेज झिकायो । त्यो हेरेपछि पसलेलाई झक्काएर सुनको सिक्रि लैजाने महिलाको खोजिगर्न थाल्यो । तर चार दिन वितिसक्दापनि फेलापार्न नसकेपछि सार्वजनिक मिडिया मार्फत सुनको सिक्रि झुक्काएर लैजाने महिलाको भिडियो सार्वजनिक गरिएको हो ।
यसअघि अनुसन्धानमा बाधा पुग्ने भन्दै प्रहरीलेपनि सूचना दिन मानेको थिएन । यसअघि तुलसीपुरको वीपी चोकमा रहेको राप्ती मनि ट्रान्सफर्मरवाट चोरी भएको ५ लाख ३५ हजार र सोही ट्रान्सफर्मरवाट रकम निकालेर निस्कदै गरेका एकजना व्यक्तिवाट नाटकिय ढंगले २ लाख लुट्ने व्यक्तिलाई समेत प्रहरीले पहिचान गर्न सकेको छैन । तुलसीपुर अनलाइनबाट साभार
+ comments + 1 comments
तिजको उपहार दिइयो भन्नुस साहुजी
Post a Comment