Headlines News :
Home » » सामसुङलाई ठूलो झड्का, ग्यालेक्सी Note7 खतरनाक, सबै फोन फिर्ता हुने ! (भिडियोसहित)

सामसुङलाई ठूलो झड्का, ग्यालेक्सी Note7 खतरनाक, सबै फोन फिर्ता हुने ! (भिडियोसहित)

Written By Unknown on Friday, September 2, 2016 | 5:52 AM


भदौ १७, दक्षिण कोरिया । स्मार्टफोनको बजारमा संसारभर आफ्नो धाक जमाउँदै आएको कम्पनी सामसुंगलाई ठूलो झड्का लागेको छ ।
 एक महिना अघि मात्र बजारमा आएको यो फोन प्रयोग कर्ताको लागि निकै खतरनाक देखिएपछि 'गैलेक्सी नोट7' मोडलको फोन कम्पनीमै फिर्ता हुने भएको हो ।

यसको ब्याट्रीमा निकै संबेदनशील खरावी आउन थालेपपछी कम्पनीले बिश्व बजारबाट सबै फोन फिर्ता मगाउने फैशला गरेको हो । साथै सामसुंगले, यस फोनमा भएको खराबीलाई नसुधारेसम्म यसको उत्पादन रोक लगाएको छ ।

दक्षिण कोरियाको एक एजेन्सीले जनाए अनुसार सामसुंगको कयौं सूत्रबाट थाहा भएको छ कि उक्त फोनमा चार्जिंग गर्दै गर्दाको अवस्थामा अचानक आगो लाग्ने गरेको पाइएको छ । कयौं फोन विक्रेता कम्पनीहरु र फोन प्रयोग गर्ने ग्राहकहरुले यस समस्याको बारेमा भिडियो मार्फत सामसुंगलाई संदेश पठाएका छन् ।

ग्राहकहरुबाट आएको चर्को उजुरी पछी कोरियाको यस कम्पनीले आफ्नो देशबाट निर्यात हुने सबै ग्यालेक्सी नोट7 मोबाइल रोक्का गरेको छ ।

'गैलेक्सी नोट7', गत अगस्ट २ तारिक बिश्व बजारमा लन्च भएको थियो । यसको शानदार 'आइरिस रीडिंग' फीचरको कारण मानिसहरुले यो फोन निकै मन पराएका थिए । तर लगातार प्रयोगकर्ताहरुले दैनिक यस फोनको ब्याट्री पड्कने र आगो लाग्ने प्रमाण पठाउन थालेपछि कम्पनीले फोन निर्यातमा रोक लगाउँदै विश्व बजारमा पुगेका फोन समेत मर्मत गरेर मात्र पुन: बेच्ने बताइएको छ ।
विश्वभर स्मार्टफोनको बजारमा सामसुङ सबैभन्दा माथिल्लो स्थानमा छ । उसले आफ्नो प्रतिद्वन्दी 'ऐप्पल' लाई पनि पछी पारेको छ । यस्तो अवस्थामा उसको आशा गरिएको प्रमुख मोडेलको फोनमानै खराबी आएपछि उसलाई तनाब भएको छ ।

अर्को कुरा बजारमा अब ४/५ दिनमै एप्पलको आइफोन 7 आउँदै गर्दा उसको मुख्य फोनमा भएको खरावीको फाइदा सिधै एप्पलले उठाउने देखिएको छ । -साझासबालबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger